Logo

समाचार

मेगा बैंकका ग्राहकहरुलाई ह्याम्स अस्पतालमा छुट



मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको मण्डिखाटारमा रहेको ह्याम्स अस्पतालले विशेष छुट दिने सहमति भएको छ ।

मेगा बैंक नेपाल लिमिटेडकी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ह्याम्स अस्पतालका अध्यक्ष आर एस भण्डारीबीच मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ह्याम्स अस्पतालमा कुल बिलको १० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी, औषधी खरिद गर्दा ५ प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ । आकस्मिक रुपमा सडक तथा हवाईबाट उद्दार गर्नुपरेमा मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले प्राथमिकता दिने भएको छ ।

ह्याम्ससँगै मेगा बैंकका ग्राहकहरुलाई काठमाडौँको नर्भिक, ग्राण्डी, स्टार अस्पताल, गोल्डेन, ग्रीनसिटी, उच्चता, बयोदा, चिरायु लगायतका अस्पतालमा छुटका लागि यसअघि नै सम्झौता भइसकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार १३:४९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।