Logo

अन्तर्राष्ट्रिय

भारतीय लोकसभाको निर्वाचन कार्यतालिका सार्वजनिक, सात चरणमा गर्ने तयारी



भारतीय निर्वाचन आयोगले लोकसभा चु्नावको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आईतबार सार्वजनिक गरेको कार्यतालिकामा सात चरणमा करिब डेढ महिना लामो लोकसभा निर्वाचनको गर्ने गरि कार्यतालिका सार्वजनिक गरेको हो ।

सात चरणको निर्वाचनको मतदान आगामी चैत २८ देखि शुरु हुने र जेठ ५ गतेसम्म जारी रहने आयोगले आइतवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।दोस्रो चरणको मतदान बैशाख ५, तेस्रो चरण बैशाख १०, चौथो चरण बैशाख १६, पाँचौ बैशाख २३, छैठौ बैशाख २९ र सातौ चरणको मतदान जेठ ५ गते हुने आयोगले जनाएको छ ।

लोकसभामा ५ सय ४५ सिट मध्ये ५ सय ४३ सिटका लागि निर्वाचन हुन लागेको हो । सबै क्षेत्रको निर्वाचनको परिणाम एकै पटक जेठ ९ गते सार्वजनिक हुने बताइएको छ ।

आयोगका अनुसार कर्नाटक, मणिपुर, राजस्थान, त्रिपुरा राज्यमा दुई चरणमा, आसाम र छत्तिसगढ राज्यमा तीन चरणमा निर्वाचन हुँने भएको छ । यो निर्वाचन भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी ९भाजपा० र प्रमुख प्रतिपक्षी दल कँग्रेस आई दुवै दलका लागि अग्नी परीक्षाका रुपमा लिइएको छ ।

चुनावी प्रतिस्पर्धामा होमिएका दलले बहुमतका लागि २ सय ७२ सिट प्राप्त गर्नुपर्ने व्यवस्था छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार ०२:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।