Logo

राजनीति

खुलेआम बिखण्डनको नारा लगाईनु गम्भिर कुरा हो : नारायणकाजी श्रेष्ठ



नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का सचिवालय सदस्य एबम् प्रवक्ता नारायणकाजी श्रेष्ठले खुलेआम देश विखण्डनको नारा लगाईनु गम्भिर विषय भएको टिप्पणि गरेका छन् । उनले सरकारले यसलाई गम्भिर रुपमा लिन आह्वान समेत गरेका छन् ।

श्रेष्ठले गत शुक्रबार सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सहमतिबारे असहमति जनाउदै राजनीतिको मुलधारमा आएको घोषणा गरेको तिन दिन नबित्दै राउतका कार्यकर्ताले आइतबार जनकपुरमा उनको स्वागतमा स्वतन्त्र मधेशको नारा लगाउनु देशकै लागि चुनौतीको विषय भएको बताए ।

उनले आइतबार आफ्नो ट्वीटरमा लेखेका छन्, ‘आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको बिरुद्ध खुलम्खुल्ला बिखण्डनकारी नारा र जुलुस कसरी र किन भइरहेछ ? यो हद भयो, असह्य भयो। बिखण्डनकारी गतिविधिको अन्तको निम्ति सम्झौता कि बिखण्डनवादलाई वैधानिकता दिन भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तु कदम चाल्नु पर्छ, गम्भीर बनौं।’

शुक्रबार सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतबीच भएको ११ बुँदे सम्झौताको व्याख्या गर्दै सम्झौता भएकै दिन प्रधानमन्त्री केपी ओलीकै अगाडि सरकारले जनमत संग्रह स्वीकार गरेकाले आफ्नो जित भएको बताएका थिए। यसपछि शनिबार तराईका विभिन्न जिल्लामा राउतका समर्थकहरुले दिपावली गरेका थिए।

आइतबार राजधानी काठमाडौंबाट राउत जनकपुर विमानस्थलमा पुगेका उनका समर्थकहरुले विजय जुलुस निकालेका थिए। जुलुसमा स्वतन्त्र मधेशको नारा लगाएका थिए। उनका समर्थकहरुले ‘मधेश नेपाल होइन, मधेश एसियाको नयाँ देश हो’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

जनकपुरमा यस्तो नारा लागिरहे पनि आइतबारै एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले भने सरकारले राउतसँग सम्झौता गर्दा कसैलाई टाउको दुखाई भएको टिप्पणी गरेका थिए। उनले सो सम्झौताको बचाउ गर्दै सम्झौतामाथि प्रश्न उठाउनेहरुलाई व्यंग्य गरेका थिए।

संसदमा गृहमन्त्री रामबहादुर थापाले सिके राउतले ११ बुँदे सम्झौतालाई जनमतसंग्रहको रुपमा बोलेपछि कुरा शुरुकै अवस्थामा आउने भन्दै उनले कुन प्रसंगमा भनेका हुन्, त्यो स्पष्ट हुनुपर्ने जवाफ दिएका थिए।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार ०३:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।