राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके) बीच भएको ११ बूँदे सहमतिको ड्राफ्ट अन्यत्रै बनेको बताएका छन् । शुक्रबार सरकार र राउतबीच ११ बूँदे सम्झौता भएको थियो ।
संवाद चौतारीमा सोमबार आयोजित अन्तरसम्बाद कार्यक्रममा केसीले ड्राफ्ट अंग्रेजीमा बनेको र त्यसको उल्था नेपालीमा गर्दा भाषामा समस्या भएको दावी गरे । ‘बाहिरबाट ड्राफ्ट आएकाले शब्दको उल्थामा फरक परेको हो ’ केसीले भने ‘ सहमति उनीहरुले गरेका भए राम्रो आउँथ्यो अर्काले गरेको कामको पछि लाग्दा सरकार समस्यामा परेको हो ।’
केसीले विगतमा भएका महत्वपूर्ण सहमति पनि विदेशी भूमीमा भएकाले शंका गर्ने आधार धेरै भएको प्रष्ट पारे । उनले शब्दलाई जसले जसरी व्याख्या गरेपनि ‘जनअभिमत’ भन्नाले जनमतसंग्रह नै भन्ने बुझिने ठोकुवा गरे । केसीले ११ बूँदे सहमतिले नेपाल र नेपालीको अहितमा काम गरेकाले वास्तविक के हो सरकारले जनतामाझ प्रष्ट पार्नुपर्ने बताए ।
केसीले मधेसी जनताको पक्षमा सरकार अनुदार भएको समेत बताए । उनले मुलुक विखण्डन गरेर मधेश र मधेशीको हित चिताउन नहुने बताए ।



















प्रतिक्रिया