Logo

प्रमुख समाचार

प्रधानमन्त्री केपी ओलीलाई देशद्रोहको मुद्दा लगाउनु पर्छ : राजन थापा



सरकारले बिखन्डनकारी सिके राउत सँग गरिएको ११ बुदे सहमति फिर्ता नलिए प्रधानमन्त्री केपि ओली शर्माको विरुद्धमा आम नेपाली जनताले देशद्रोहीको मुद्दा लगाउन तयार रहेको बहिर्गमित जनमुक्ती सेना नेपाल केन्द्रीय संघर्ष समितीका महासचिव राजन थापा (सुवाष)ले बताएका छन् ।

अहिले सरकारले बार्ता र सहमतिको नाममा देश टुक्राउने नारा बोकेर हिडेका सिके राउत जस्ता बिखन्डनकारीलाई राजनैतिक मुलधारमा ल्याएर हाम्रो मात्री भूमी नेपाल देशलाई टुक्र्याउने र मधेशबाट अलग गराई सिक्किमिकरण गर्न रणनीति बोकेर हिडेका राष्टघाती सँग मिलि त्यस्ता खालको गतिबिधि गर्ने शक्तिलाई राज्यले सहयोग पुर्याइरहेकोमा उनले बिरोद गरेका हुन् ।

यदि आम नेपाली जनता सचेत नहुने हो भने हाम्रो देश रहदैन, स्वतन्त्र मधेशको माग गर्दै देश टुक्क्र्याउने नेपालको संबिधान बिरुद्धमा आम नेपाली जनताको बिरुद्धमा नेपाल रास्ट्रको बिरुद्धमा खुलेआम रुपमा हलचल गरिरहेको छ यस्ता देशद्रोहीलाई गोलि ठोक्नु पर्ने उनेको तर्क छ ।

मेरो देश होइन भन्ने दलाललाई गोलि ठोक्नुको बिकल्प छैन, नेपाली जनताको हित बिपरित सिके राउत सँग नेपाल सरकारले राष्टघाती सम्झौता गरेको छ। त्यसपछी (राष्टघाती) सिके राउत नाक फुलाउदै फागुन २६ गते जनकपुर बिमानस्थल पुग्यो उनका कार्यकर्ताले स्वागत गर्नु आउदा स्वागत गर्दै नारा लगाएका थिए । जुन नाराले अहिले सरकारपनि हल्लिएको छ ।

(१) स्वतन्त्र मधेश जिन्दाबाद !
(२) नेपाली उपनिबेश मुर्दाबाद
(३) मधेश देश लेके रहेंगे

स्वतन्त्र मधेश गठबन्धन जिन्दाबाद भन्दै नारा लगाउदै स्वागत गरेका थिए, यो शब्द सामान्य बिषय होइन, सरकार सँग ११ बुदे सहमति हुदै गर्दा उनले सम्बोधन गर्दा पनि बिगतमा गरेका बिखन्डको बाटोलाई त्यागी राजनैतिकको मुलधारमा आए भनेर स्वीकार गरेको छैन, ११ बुदे सहमती पत्रमा पनि उल्लेख गरेको छैन ।

अहिले सरकार सुशानको बाटो तिर भन्दा पनि कुशाषनको बाटो तिर लम्किरहेको छ, खबरदार केपी ओली सरकार होसियार, देशको गरिमामय प्रधानमन्त्री जस्तो पदमा बसेर आफ्नो पदको किन दुरुपयोग गरिरहनु भएको छ ? के अध्यक्ष प्रचण्ड सँग ती देशद्रोही राष्टघाती सिके राउतसँग बराबरी हिस्सामा तुलना गर्नु मिल्छ ? बिप्लवलाई पाटी होइन लुटेरा समूह हो भनी अपच्चे शब्द प्रयोग गर्न मिल्छ र ? खास के भन्न खोज्नु भएको हो प्रधानमन्त्री ज्यु ? तपाईले त रास्ट्रघाती देशद्रोहीलाई मात्रै सक्षम देश प्रेमी राष्टबादी देख्नु हुन्छ ।

प्रधानमन्त्री ज्यु तपाइको नजरमा के सिके राउत राष्टबादी नै हो त ? यदि तपाइको नजरमा सिके राउत राष्टबादी नै हो जस्तो लाग्छ भने, तपाईं त शिधै राष्टघातिको रुपमा चिनिने पात्रो बन्नु हुन्छ, के को लागि स्वतन्त्र मधेशको लागि जनमतसंग्रह गर्दै हुनुहुन्छ ? तपाइलाइ कस्ले दियो अधिकार राष्ट बिरोधि निर्णय गर्न ? कित सिके राउतसँग गरिएको ११ बुदे सहमती भारतले ड्राफ तयार गरेर पठाइ दिएको हो त ? आम राष्टप्रेमी जनसमुदाहरुयको बिचमा यो चासोको बिषय बनेको छ।

(बहिर्गमित जनमुक्ती सेना नेपाल केन्द्रीय संघर्ष समिती महासचिव : राजन थापा (सुवाष))

प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार  १२ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।