Logo

प्रमुख समाचार

सभापती लड्ने तयारिमा कांग्रेस महामन्त्री कोइराला, देशव्यापी भ्रमणमा निस्कदै



प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली काँग्रेसका शिर्ष नेताहरु नेताहरु यतिबेला जिल्ला दौडाहामा निस्किएका छन् । पार्टी प्रतिपक्षमा रहदा सङ्गठन निर्माण गर्नु पर्ने दायित्व र आगामी महाधिबेशनलाई मध्यनजर गर्दै नेताहरु जिल्ला दौडाहामा निस्केका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले ५ नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणको कार्यक्रम तय भएको छ । कोइरालाले ५ नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणको कार्यक्रम सकिने बित्तिकै फेरी अर्को भ्रमणको तयारी गर्ने कोइरालाका निजी सचिब भरत तिवारिले अनलाइनपानालाई जानकारी दिए ।

पार्टीमा स्वच्छ छबी र कम बिबादमा आउने कोइराला पार्टिका नेता कार्यकर्ताहरु बीचमा लोकप्रिय मानिन्छन् । उपयुक्त समयमा घोषणा गरेर आगामी महाधिबेशनमा नेपाली कांग्रेसको सभापति लड्ने तयारी कोइरालाले गरिरहेको र त्यसका लागि पार्टिका सबै नेता कार्यकर्ताहरुसंग सल्लाह गरेर तिब्र रुपले तयारी थाल्ने कोइराला निकट श्रोतले अनलाइनपानालाई जनाएको छ । यसैलाई मध्यनजर गरेर कोइरालाले समय समयमा देशब्यापी भ्रमण गर्ने गरेका छन् ।

महामन्त्री कोइरालाको जिल्ला भ्रमण चैत्र ११ गतेबाट सुरु हुनेछ । कोइराला दाङमा जिपी कोइराला फाउन्डेसनको कार्यक्रममा सहभागी हुनका लागि चैत्र ११ गते दाङ जानेछन् ।

उनले १२ गते दाङमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका निजि सचिव एवम् कांग्रेस महासमिति सदस्य भरत तिवारीले जानकारी दिएका छन्।

महामन्त्री कोइराला दाङपछि नेपालगञ्ज जाने कार्यक्रम रहेको छ। कोइरालाले चैत्र १३ गते नेपालगञ्जमा जिल्ला कार्यसमिति बाँकेले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

महामन्त्री कोइरालाले नेपालगञ्जबाट कपिलवस्तुमा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नका लागि चैत्र १४ गते कपिलबस्तु पुग्नेछन् ।

उनी कपिलवस्तुको कार्यक्रमलाई सम्बोधन गरेर रुपन्देहीको बुटवलमा बास बस्ने वा कपिलवस्तु बस्ने भने तय भइसकेको छैन्। त्यसैगरी कोइराला चैत्र १५ गते पाल्पा पुग्ने कार्यक्रम तय भएको छ।

उनले पाल्पामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्। १५ गते पाल्पा नै बसेर कोइराला चैत्र १६ गते गुल्मीका लागि प्रस्थान गर्नेछन्।

उनी १५ गते गुल्मी बस्नेछन् भने चैत्र १७ गते नेपाली कांग्रेसको गुल्मी जिल्ला सम्मेलनमा सहभागी भएर काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार  १ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।