Logo

बागमती प्रदेश

काठमाडौँमा घरधनीले गरे कोठाभाडामा बस्नेको हत्या



काठमाडौँमा घरको सुरक्षाका लागि प्रयोग गरिने आग्लोले हिर्काएर एक जनाको हत्या भएको छ । बारा कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको हत्या भएको हो ।

काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवादमा चौधरीलाई आग्लोले हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

आग्लोले लागेर गम्भीर घाइते चौधरीको उपचारको क्रममा कीर्तिपुर मोडल अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । हत्या आरोपमा महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महर्जनमाथि थप अनुसन्धान भइरहेको एसपी राठौरले बताए ।

प्रकाशित मिति : भाद्र २६, २०७७ शुक्रबार  ५ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।