Logo

पत्रपत्रिका

अपराध नियन्त्रण गर्न नेपाल प्रहरीले चाल्यो यस्तो कदम



अपराध नियन्त्रण र सुचना संकलनमा सहयोग पुग्ने हेतुले महनगरिय प्रहरी परिसर काठमाडौले १८६ स्थानमा नाइट भिजन सिसिक्यामेरा जडान गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाको सहयोगमा परिसरले नगरक्षेत्रका मुख्य चोक, करिडोर तथा अपराधिक र दुर्घटना जोखिमयुक्त स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको हो ।

क्यामेरा जडानका लागि महानगरले प्रहरीलाई तीन करोड रुपैयाँ १५ फागुनमै हस्तान्तरण गरिसकेको छ ।

प्रहरी र महानगरका प्रतिनिधि सम्मिलित योजना कार्यान्वयनका लागि बनेका समितिले अहिले सिसिक्यामेरा जडान गरिने स्थानको पहिचान गरिसकेको छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार ०१:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।