Logo

पत्रपत्रिका

विपीको सिद्धान्त कांग्रेसले बिर्सियो त्यो सपना केपी ओलीले पुरा गर्दै हुनुहुन्छ : मन्त्री बास्कोटा



नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने भएकाले सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६ औँ वार्षिक साधारण सभा तथा आठौं जिल्ला अधिवेशनको आइतबार धुलिखेलमा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकार, प्रतिपक्ष, नागरिक समाज मिलेर नै मुलुकको विकास हुने स्पष्ट पारेका हुन्।

उनले एक्लै सरकारले सबै काम गर्छु भनेको पनि छैन् । हरेक घटनालाई अतिरञ्जित गरेर राजनीतिक रङ नदिन प्रतिपक्षी दललाई उनले आग्रह गरे । उनले सत्ता गुमेको छट्टपटीमा लोकतन्त्र खतरामा पुग्यो भन्नु आरोप बाहेक केही नभएको बताए । यो सँगै अहिलेको सरकारले विपीको सपना पुरा गर्न तर्फ लागेको पनि उनले बताए ।

नेपाली कांग्रेसले विपीको सिद्धान्त बिर्सेको हुनाले त्यो सपना केपीले पुरा गर्न लागेको बताए । यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नीति तथा कार्यक्रम बेलायती महारानीको शैलीमा प्रस्तुत गर्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याएको बताए।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा भाग लिदैं देउवाले भने, ‘सरकारले राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लगाएर थप विवादमा पारेको छ ।

यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभ संकेत होइन ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा पटक पटक ‘मेरो सरकार’ शब्दावली प्रयोग गरेका थिए । देउवाले सरकारकै कारण राष्ट्रपति पटकपटक विवादमा तानिएको आरोप पनि लगाएका थिए । पत्रपत्रिकाबाट

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार ०२:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।