Logo

प्रमुख समाचार

सांसद र वडा अध्यक्षले बानै गरे बाढी पीडितमाथि हातपात



समाजवादी पार्टी, नेपाल प्रदेश २ का प्रदेशसभा सदस्य रामआषिश यादव र उनका भाइ वडा अध्यक्ष प्रमेश्वर यादवले राहत तथा उद्धारका विषयमा कुराकानी गर्न वडा अध्यक्षको घरमा पुगेका बाढी पीडितहरुलाई हातपात गरेको आरोप लागेको छ ।

जनकपुर उपमहानगरपालिका वडा नम्बर १७ का बाढी पीडित राहत र सहयोग नपाएपछि गुनासो गर्नका लागि वडा अध्यक्ष प्रमेश्वर यादवको घर पुगको थिए । त्यहाँ गएर प्रदेश सांसद र वडाअध्यक्षको विरोधमा नारावाजी गर्न लाग्दा दुवै भाइले हातपात गरी भगाएको आरोप उनीहरुले लगाएका छन् ।

वडा अध्यक्ष यादवले भने योग शिविर सञ्चालन भइरहेको बेला एक युवाको समूहले अनावश्यक नारा लगाएकाले शिविरमा आएका व्यक्तिहरुले कुटपिट गरेको दावी गरे ।

उनले भने, ‘बाढी सबैतिर आएको छ, कुरा के हो बसेर गरौं भन्दा उनीहरुले कुरै गर्न मानेनन्, हुलदंगा गर्न थालेपछि त्यही शिविरमा आएका व्यक्तिहरुले सामान्य कुटपिट गरको हुन् ।’ आफू र प्रदेशसभा सदस्यको घटनामा संलग्नता नरहेको यादवले बताए ।

कुटपिटबाट केही युवा अस्पताल पनि भर्ना भएका छन् । अस्पताल भर्ना भएकालाई वडा अध्यक्ष यादवले नाटकको संज्ञा दिए । उनले भने, उनीहरुलाई केही भएको छैन तर बदनाम गराउने उद्देश्यले अस्पताल भर्नाका भएका छन् ।’

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार ०७:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।