Logo

राजनीति

भीम रावल बहुराष्ट्रिय सैन्य अभ्यासको विरोधमा किन देखिए ? खुल्यो कारण



नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य एवं सांसद भीम रावलले निरन्तर बहुराष्ट्रिय सैन्य अभ्यासको विरोध देखिएका छन् । देशभित्र वा बाहिर हुने संयुक्त बहुराष्ट्रिय सैन्य अभ्यासमा नेपाल संलग्न हुन नहुने बताउदै उनले निरन्तर विरोध गरिरहेका छन् । गोर्खा भर्ती, बहुराष्ट्रिय सैन्य अभ्यास जस्ता विषयमा रावलले आफ्नो असहमति राख्दै आएका छन् ।

नेपालको सुरक्षा मामिलामा विद्यावारिधि गर्दे गरेका रावलले गृहमन्त्री र रक्षामन्त्री हुँदैदेखि बहुराष्टिय सैन्य अभ्यासको विरोध गरेका हुन । प्रतिनिधिसभाको बैठक र बाहिर उनले यसको विरोध गर्दे आएका हुन । रावलले शक्ति राष्ट्रसँग कुनै पनि प्रकारको सामरिक गठजोडमा संलग्न हुन नेपालको संविधानले नदिने बताउदै आएका छन् ।

उनले नेपाल दुईपक्षीय सैन्य अभ्यासमा समेत संलग्न हुन नहुने उनको भनाई छ । हाल नेपाली सेनाले अमेरिका, बेलायत, चीन, भारत क्यानडा, बेल्जियम, डेनमार्क, पाकिस्तान, बंगलादेश, श्रीलंका सिंगापुर, माल्दिप्स र फिलिपिन्सलगायत मुलुकसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको ।

यस्ता अभ्यास विशेष गरी विपद् व्यवस्थापनसँग सम्बन्धित छन्। नेपालले चीन, भारत र अमेरिकासँग दुई पक्षीय सैन्य अभ्याससमेत गर्दै आएको छ। प्राकृतिक विपद् सामना गर्ने उद्देश्यमा मात्र सीमित सैनिकबीच तालिम र अनुभव आदानप्रदान गर्न सकिने भए पनि ठूलो संख्यामा सेनालाई संलग्न गराएर दुईपक्षीय वा बहुपक्षीय सैन्य अभ्यासमा अब नेपालले संलग्नता जनाउन नहुने उनको दावी छ ।

रावलले नेपाली युवालाई विदेशी सेनामा भर्ती गर्ने विषयको पनि विरोध गर्दे आएका छन् । ‘नेपालको सार्वभौमसत्तामा आँच पु¥याउने, निरकुंश राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गर्नुपर्छ,’ उनको भनाई छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार ०७:३८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।