Logo

नेयमारसहित पाँच खेलाडीलाई रेड कार्ड,पीएसजीकाे दोस्रो हार



 फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले नयाँ सिजनको फ्रेन्च लिग वानमा लगातार दोस्रो हार बेहोरेको छ । निकै तनावपुर्ण बनेको खेलमा पीएसजी घरेलु मैदानमै मार्सेलीसँग १(० ले पराजित भएको हो ।

खेलको ३१ औं मिनेटमा फ्लोरियन थाउभिनले गोल गर्दै अग्रता दिलाएका थिए । उनले डिमिट्री पायेटको पासमा गरेको गोल नै निर्णयक गोल बन्यो । कोरोना संक्रमणमुक्त भएका ब्राजिली स्टार नेयमार र एन्जल डि मारियालाई उतारेपनि टोलीले हार टार्न सकेन ।  पीएसजी यसअघि पहिलो खेलमा लेन्ससँग पनि १(० ले नै पराजित भएको थियो ।

पीएसजी पराजित खेलमा नेयमार सहित एकै खेलका पाँच खेलाडीलाई रेड कार्ड देखाइएको छ । कोरोना भाइरस संक्रमणपछि मैदान फर्किएका ब्राजिलियन स्ट्राइकर नेयमार खेलको इन्जुरी समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

९० मिनेट भित्र ३६ फाउल भएको थियो । रेफ्रीले पाँच रेड कार्डसहित १७ कार्डको प्रयोग गरेका थिए । जुन लिग वानमा यो एक रेकर्डसमेत हो । खेलको अन्तिम समयमा अर्जेन्टिनी जोडी डारियो बेनेडेटो र लिआन्ड्रो पेरेडेसबीचको झगडाले ठुलो रुप लिएपछि खेलमा निकै नै तनाव ग्रस्त भएको थियो ।

झगडा नियन्त्रिणमा नआएपछि रेफ्रीले बेनेडेटो र पेरेडेस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिर पठाएका थिए । त्यस्तै नेयमारले स्पेनीस डिफेन्डर अल्वारो गोन्जालेजाको टाउकोको पछाडि थप्पड हानेपछि उनलाई पनि रेफ्रीले भीआरको सहायतामा रातो कार्ड देखाएका थिए । त्यसअघि पीएसजीका लेभिन कुर्जावा र मार्सिलेका जोर्डन अमावीलाई कार्ड देखाएका थिए ।

एक पटक आग्रह नमानेपछि रेफ्री जेरोम ब्रिसार्डले कुर्जावा र अमावीलाई सोझै रातो देखाएका थिए । त्यसपछि मार्सिलेले नौ र पीएसजीले आठ खेलाडीमा खेलको अन्तिम मिनेट खेल्दै अन्त्य गरेका थिए । यो हारले पीएजसीले लिग वानको सुरुवाती दुई खेलमा अंक जोड्न नसक्दा मार्सेली लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार  ८ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।