Logo

नेपाली सेनाका एक अधिकृतलाई बेलायतमा अन्तरराष्ट्रिय सम्मान



नेपाली सेनाका एक अधिकृतलाई बेलायतमा अन्तरराष्ट्रिय सम्मान प्रदान गरिएको छ । नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्ट रहेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका २१ वर्षीय पिटर थापा बेलायतमा सम्मानित भएका हुन् ।

बेलायतको स्याण्डहष्टस्थित सैनिक महाविद्यालयले थापालाई यस वर्षको सर्वोत्कृष्ट घोषणा गरी अन्तरराष्ट्रिय ‘तरबार’ पुरस्कारस्वरुप प्रदान गरेको हो ।उक्त सम्मान कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी तथा अन्य कर्मचारीको समेत सहभागि भएका थिए ।

विश्वका विभिन्न देशका सैनिक अधिकृतसम्मिलित तालिममा थापा पहिलो बनेका हुन् । सैनिक महाविद्यालयमा अधिकृत क्याडेट तालिमबाट सर्वोत्कृष्ट भएपछि उनलाई सेकेण्ड लेफ्टिनेन्टमा पदोन्नति गरी नेपाली सेनाले तालिमका लागि बेलायत पठाएको थियो । थापा दुई वर्षअघि मात्र नेपाली सेनामा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : मंसिर २६, २०७७ शनिबार  ९ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।