Logo

विचार / ब्लग

कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ



आजको तथ्यांक निकै बढेको देखियो छ। परीक्षण ब्यापक रुपमा भएकोले पनि कोरोना संक्रमित तथ्यांक बढेको हो । त्यस्तै सामाजिक दुरी कायम नगर्ने, घर बाहिर निस्किने, व्यक्तिगत / पारिबारिक तथा घरायसी सरसफाई नगर्ने आदिको कारण संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

मृतकको संख्या आगामी दिनमा धेरै देखिनेछ । भर्ना भएका संक्रमितहरुको अस्पताल बसाइ लामो हुँदै गर्दा जोखिम बढ्दै जान्छ । तसर्थ पुराना केसको मृत्यु दर अहिले १९ % देखिएको हो ।

खुसीको कुरा के छ भने गत महिनासम्म संक्रमितको गम्भीर अवस्था १५ – २० %थियो भने अहिले जम्मा ५ % छ । ९५ % लाई सामान्य लक्षण देखिएर निको भइरहेको छ ।यो सेल्फ क्वारेन्टाइन, आइसोलेसन तथा सामान्य उपचारको प्रभावकारिता हो ।

उमेर अनुसार हेर्ने हो भने जन्मदेखि ९ बर्षसम्मका बच्चा सुरक्षित छन् । बच्चाको लागि कोरोना संक्रमण र यसबाट हुने मृत्युप्रति चिन्ता गर्नुपर्दैन । धेरै जसो अभिभावक आफ्ना बालबालिकाप्रति धेरै चिन्तित छन् । यो जरुरी छैन। त्यस्तै १० – १९ बर्षका बालबालिकाको मृत्युदर नगन्य अर्थात ०.२ % छ । ८० बर्षमाथिका व्यक्तिको मृत्युदर सबैभन्दा धेरै अर्थात १४.८ % मात्र छ ।

कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ?

१. हामी सुख दुख सहन अभ्यस्त छौं । कठिनाइको हिमाल चढ्ने बानी हाम्रो जीनमा छ ।

२. हामीले दैनिक ताजा खाना खान्छौं । नास्ता, खाना, खाजा, खाना, चिया, कफी जे खाएपनि ताजा खान्छौं । फ्रिजको बासी खाना तथा बाहिरको खाना खाने हाम्रो संस्कार छैन ।

३. हामी परिश्रमी छौं । शारीरिक परिश्रम हाम्रो बानी हो ।

४. हाम्रो खानामा प्रयोग गर्ने बेसार, अदुवा, लसुन, प्याज, टिमुर,ज्वानो, दालचिनी, तेजपात, मरौटि, पुदिना, सम्फो, जुदो, सिलम, मरीच, जिम्मु आदिमा रोग प्रतिरोधात्मक क्षमता प्रचुर हुन्छ ।

५. हामीले ट्वाक्क खाने अमिलो, पिरोमा प्रचुर भिटामिन सि पाइन्छ ।

६. तेलले मालिस गरेर, तालुमा तेल ठोकेर तथा प्राकृतिक खाना खाएर हामी हुर्किएका हौँ ।

७. हामी नाचगान, हाँसोठट्टा तथा रमाइलो धेरै गर्छौं । हाम्रा चाडपर्व सबै रमाइला र भोजभतेर गर्ने टाइपका छन् ।

८. भबितब्यमा पनि रमाउने, सहने हाम्रो बानी छ ।

९. हामी दैनिक चिया खान्छौं । चियामा एन्टी अक्सिडेन्ट गुण हुन्छ ।

१०. भटमास, च्युरा, गुन्द्रुक, मस्यौरा, भटमास, क्वाटी, खिचडी, मोही, साँधेको बदाम आदिले हाम्रो आन्तरिक प्रणाली बलियो छ ।

११. हामीले ट्वाइलेट पेपर, टिस्स्यु पेपर, काँटा चम्चा तथा नेप्किनको प्रयोग कम गर्छौं । त्यस्तै वासिंग मेसिनको प्रयोग थोरैले गर्छौं । यसको मतलब हामीले बिहानदेखि साँझसम्म दर्जनौं पटक हात धोइरहन्छौ । पानीसंग खेल्ने हाम्रो बानीले कोरोना संक्रमणको चेन ब्रेक गर्दछ ।

१२. हामीले खाने चटनी (गोलभेंडा, भांगो, धनियाँ, पदिना, बत्तिलो घिरम्लो,कुटेको आलु, काँचो आँप, खट्टा बैगुन, पोलेर पिसेको भान्टा, तील, फर्सीको बियाँ आदिको) र छोप स्वादिलो मात्र हैन, एन्टी सेप्टिक पनि छ ।

१३. केराको बुङ्गो, कोइरालाको फूल, काभ्रोको मुना, सजीवन, लप्सी, सिप्लिकान, भक्किम्लो, सित्तलचिनी, गोलभेंडाको भेत्तल आदिको अचार निकै स्वस्थबर्धक हुन्छ ।

१४. हाम्रा परम्परागत खाना जस्तै नेवारी खाजा, थकाली खाना लगायत निकै सन्तुलित छन् ।

१५. हामीले पुजा गर्दा थाहा नपाइ मेडिटेसन गरिरहेका हुन्छौं ।

१६. दुध, दही, घ्यु, हरियो सागसब्जी, दाल, भात, रोटी, फापर, मकै, कोदो, चना, केराउ, मौसम अनुसारका फलफुल निकै स्वस्थबर्धक हुन्छन् ।

१७. अयला, जांड, छ्यांग, तोम्बा, कोदाको ठर्रा, तीनपाने, ताडी लगायतका घरेलु रक्सी उचित मात्रामा खाँदा स्वास्थ्य बिग्रेको हुँदैन ।

१८. हामीले आफनी बारी, खेत, करेसाका तरकारी ताजा टिपेर खाने गर्दछौं ।

१९. हाम्रो खानाको रुटिन निकै बैज्ञानिक छ । बिहानदेखि रातिसम्म धेरैपटक खाना / खाजा खान्छौं ।

२०. तत्काल काटेको मासु खाने प्रचलन निकै स्वस्थकर छ । हामीले फ्रोजन मासु ल्याएर, फ्रिजमा राखेर महिनौं खादैनौं ।

२१. हामी कहाँ अत्यधिक मोटोपनको समस्या छैन ।

२२. हामीहरु मुख बार्न निकै सिपालु छौं ।

२३. बिभिन्न बारमा ब्रत बस्ने चलनले पाचन प्रणालीलाई तरोताजा राख्दछ ।

२४. आयुर्बेद, योग, प्राकृतिक चिकित्सा, हिमालय मेडिसिनको स्थानीय स्तरमा निकै प्रयोग हुन्छ ।

२५. तन्त्र, मन्त्र, लागो, धामीझाँक्री आदिको मनोबैज्ञानिक पक्ष आत्मबल बर्धक छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार १२:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।