Logo

सुरक्षा/अपराध

ग्याँसमा कालोबजारी गर्ने १ जना पक्राउ



विराटनगर महानगरपालिका-१४ मलाहा रोडमा फोटोकपी तथा ग्याँस पसल संचालन गर्ने मनिष यादवलाई ग्याँस कालोबजारी गरेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यादवले एउटा ग्याँस सिलिण्डरबाट अर्को सिलिण्डरमा सारी ग्याँसको तौल कम गरी बिक्री गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यादवको पसलबाट ११ थान ठुलो ग्याँस सिलिण्डर, २ थान सानो ग्याँस सिलिण्डर, १ थान तौल मेसिन, २ थान रेगुलेटर, १ थान एयर लिंक गर्ने पाईप समेत प्रहरीले बरामद गरेको छ ।

यादव उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ३०, २०७७ बुधबार  १ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।