चीनमा आविष्कार गरिएको कोरोना भाइरस (काभिड–१९) को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वय्मसेवकहरुको पहिलो टोली स्वस्थ रहेको बताइएको छ । सुई लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ।
बुहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वय्मसेवक फिर्ता भएका हुन् । शुक्रबारसम्म १०८ जना स्वय्मसेवकहरुमध्ये १८ जनाले सबै स्वास्थ्य परीक्षण गरिसकेको छन् ।
सबै स्वय्मसेवकहरुलाई छ महिनासम्म वैज्ञानिकहरुले निगरानीमा राख्नेछन् र पछि उनीहरुको रगतको नमूना लिएर एन्टीबडिज्लाई शुक्ष्म रुपमा अनुसन्धान गरिनेछ। यदि यो सुई प्रभावकारी र भरपर्दो भएको पत्ता लागेमा वैज्ञानिकहरुले विदेशमा थप अनुसन्धान गर्ने बताएका छन्।





















प्रतिक्रिया