कोरोना संक्रमणबाट बच्नको लागी नियमित रुपमा हात धुनु सबैभन्दा महत्वपुर्ण हुने विश्व स्वास्थ्य संगठनदेखि डाक्टरहरुले बताइरहेका छन् । हात धुने काम सबैभन्दा सजिलो हो तर कतिपय मानिसलाई हात धुने सहि तरिका थाहा हुदैन । त्यसैले पनि संक्रमण छिट्टै फैलिने गर्दछ । अमेरिकामा रहेको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले कोरोनाले बढ्दो प्रकोपको कारण हातको सफाईमा बढी ध्यान दिन बताएको छ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले हात धुनुपर्ने पाँच चरणको परामर्श जारी गरेको छ । सिडिसीले मानिसहरुलाई नियमित अन्तरालमा हात धुने सही तरीका बताएको छ, कसरी सहि तरिकाले हात धुने र अरुलाई पनि सर(सफाईको लागी प्रेरित गर्ने ? दिनमा कति पटक हात धुनुपर्छ ?
दिनमा कम्तिमा पाँचपटक हात धुनुपर्छ
विश्व स्वास्थ्य संगठनको अनुसार संक्रमणबाट बच्नको लागि दिनभरीमा पाँच पटकसम्म हात धुनुपर्छ । यदि कुनै रोगीको हेरचाह गरिरहेको भए नक्कली नङ पाल्नु पर्दैन । नङ छोटो बनाउनु पर्छ र सफा राख्नुपर्छ । आफै निर्णय गर्नुपर्छ कि कुन काम गरेपछि हात धुनु पर्छ किनभने हातबाट नै संक्रमण फैलिने गर्दछ ।
कसरी धुने हात
हात सफा बगिरहेको चिसो वा तातोपनिले धुनुपर्छ, पानिको धारा बन्द गरेर हातमा साबुन लगाउनुपर्छ, साबुन लगाईसकेपछि हातलाई मज्जाले मिचेर नङको बीचमा रगडेर धुनुपर्छ, हातलाई २० सेकेन्ड सम्म राम्रो संग माडेर धुनुपर्छ, बगिरहेको पानिमा हात धुनुपर्छ र त्यसपछि सफा रुमालले हात पुछ्नुपर्छ वा एयर ड्रायरले हात सुकाउनु पर्छ ।
ध्यान दिनुपर्ने कुराहरु :
हात धोईसकेपछी रुमालको सहायताले धारा बन्द गर्नुपर्छ, साथै हरेक व्यक्तिको लागि अलग साबुन हुनुपर्छ ।
हातसंगै धुने ठाउँ पनि सफा राख्नुपर्छ, बेसिनमा फोहोर राख्नु हुँदैन ।
एक घण्टामा २३ पटक अनुहार छुने गर्दछन्
चिकित्सकहरुले आँखा, नाक र अनुहार नछुन आग्रह गरेका छन् । न्यू साउथ वेल्स विश्वविद्यालयको एक अध्ययनमा मानिसले एक घण्टामा २३ पटक अनुहार छुने गर्दछन् ।
क्वीन्सल्याण्डस्थित मेनजिस हेल्थ इन्स्टीट्युटको इन्फेक्सियस डिजिज एण्ड इम्युनोलजीको प्राध्यापक निगेल म्याकमिलन भन्छिन्, जब कुनै व्यक्ति अरुसंग हात मिलाउछन् तब त्यसको पाँच मिनेट पछि पछी आफ्नो अनुहार छुने गर्दछन् ।
ह्याण्ड स्यानिटाइजरको विकल्प
विशेषज्ञ चिकित्सकहरुको अनुसार हात धुन नसकिने स्थानमा वा त्यस्तो स्थितिमा ह्यान्ड स्यानीटाइजरको प्रयोग गर्न सकिन्छ । यसमा भएको अल्कोहलले हातमा भएको किटाणु छिट्टै नष्ट हुन्छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरोस एडहानोम घेब्रीयसोसले हात धुने च्यालेजको शुरुवात गर्दै हात धुने तरिका सिकाएका छन् । महानिर्देशक टेडरोसको हात धुने अभियानलाई समर्थन गर्दै आफुले पनि हात धोएर सामाजिक संजालमा सेयर गरिरहेका छन् ।





















प्रतिक्रिया