Logo

अनलाइनपाना खोज

ग्रिनसिटी ठगि प्रकरण- बिरामीलाई बिल नदिई मोटो रकम अशुलेको खुलासा



ग्रिनसिटी अस्पतालको ठगि प्रकरणको एक पछि अर्काे पर्दाफास हुँदै गएको छ । केहि समय अघि कलाकार तथा पत्रकार देव लामा टाउको बिरामी भई उपचारका लागि वीर अस्पताल जान खोज्दा एम्बुलेन्स चालकले झुक्याएर उक्त अस्पताल पुर्‍याएको थियो । अस्पतालले धेरै खर्च हुँदैन। उपचार पनि राम्रो हुन्छ भनेपछि लामालाई चार महिनासम्म उक्त अस्पताल राखियो ।

विरामी लामाका आफन्तका अनुसार, अस्पतालले भने बमोजिमको खर्च कम लाग्नु र राम्रो उपचार हुनुको सट्टा त्यसको ठिक विपरित भइदियो । पछिल्लो समयमा डिस्चार्ज पत्र समेत नदिई विरामी लामालाई अस्पतालबाट निकाला गरियो । उनको अवस्था अर्धचेत नै रहेको छ । विरामी लामाका आफन्तहरुले हाल न्यायको लागि भन्दै सञ्चार माध्यम गुहारिरहेका छन् ।

देव लामा र अस्पताल विवाद सम्बन्धमा पछिल्लो अवस्थालाई लिएर लामाकी पत्नी मिरा जोशी (लामा) सँग अनलाइनपानाले प्रतिक्रिया लिँदा अस्पातलले मोटो अशुल्ने गरेको तर बिल माग्दा अहिले भीडभाड छ पछि दिन्छौं भन्दै नदिएको आरोप लगाइन् ।

अस्पतालका सञ्चालक लोक बहादुर टन्डनले आफूहरुको जिन्दगी बरबाद पारेको र सञ्चार माध्यमहरुमा कहिले ५ लाख, कहिले १० लाख र कहिले ११ लाख मात्र खर्च गरेको भन्दै आफूहरुको अपमान गरेको गुनासो गरिन् । भए भरको जाय जेथा आफन्तहरुसँग ऋण सापटी हरेक गरेर अस्पातललाई ४२ लाख बुझाएको लामा परिवारको भनाइ रहेको छ ।

विरामीलाई मुद्धा हाल्ने टन्डनको धम्की

देव लामा मात्र नभई अन्य विरामीहरुको पनि व्यापक गुनासो बढ्न थालेपछि अस्पतालका सञ्चालक लोक बहादुर टन्डनसँग प्रतिक्रिया लिँदा उनी आक्रामक रुपमा प्रस्तुत भए । उनले ११ लाख भन्दा बढि रकमको बिल ल्याएमा आफू एक करोड तिर्न तयार रहेको बताए । साथै उनले बिरामी देव लामा विरुद्ध अदालतमा जाने समेत धम्की दिए ।

आफू सञ्चालक रहेको अस्पतालको अनियमितताको विरुद्ध समाचार नलेख्न चेतावनी दिदैं टन्डनले समाचार लेखे प्रेस काउन्सील जाने धम्की दिए । अच्चमको कुरा त के हो भने सेवा निवृत्त प्रहरी निरिक्षक नै आफ्नो अस्पतालको विचौलिया भएको आफैले खुलाए ।  दुबै पक्षसँग गरिएको सम्वाद अनलाइनपानासँग सुरक्षित रहेको छ ।

याे पनि पढ्नुहाेस

लुट र मृत्युको अखडा ग्रिनसिटी अस्पताल !

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार १५:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।