चौधरी फाउन्डेसनले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई लाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ ।
सो भेन्टिलेटर हस्तान्तरण गरेपछि नेपाली कांग्रेसका सांसद समेत रहेका उद्योगपति विनोद चौधरीले कोरोना संक्रमणका गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटर सहयोग गर्न पाएकोमा सन्तोष लागेको बताएका छन् ।
चौधरी फाउन्डेशनले यसभन्दा अगाडि पनि विभिन्न चरणमा सरकारलाई कोरोना नियन्त्रण तथा रोकथामका लागि सहयोग गरिसकेको छ । यो चौधरी फाउन्डेशनले गरेको चौथो चरणको सहयोग हो ।






















प्रतिक्रिया