कोरोना महामारीको संकटमा परेका नेपाली नागरिकको उद्धारकाबारे प्रधानमन्त्री आफैले देशका नाममा सम्वोधन मार्फत घोषणा गरेको कुरा आफैँ लावारिश जस्तो बन्यो । यो भदौको प्रारम्भमा कोरोना रोकथामको नेतृत्व गरिरहेका उपप्रधनमन्त्री नेतृत्वको समितिले नेपालीको उद्धार गर्ने ठाउँबाट विमान रित्तै विमान रित्तै फर्काउने जस्तो काम गर्यो र प्रधानमन्त्री त्यसमा जसरी मुकदर्शक भए यसले कोराना महामारी विरुद्ध लडन् देशमा कोही नायक रहेनछन जस्तो देखायो ।
नेपालभित्र नेतृत्वको जस्तो कमजोरी देखियो विदेशमा झनै डरलाग्दो अवस्था भोग्न वाध्य भएका समाचार आइरहेका छन् दिनै पिच्छे । विदेशमा रहेका नेपालीलाई उद्धार गर्ने बारे प्रधानमन्त्रीका बोलीको कुनै अर्थ रहन छाडेको जस्तो देखिदैछ । विदेशमा संकट ग्रस्त चारलाखको हाराहारीमा रहेका त्यस्ता नेपाली मध्ये अहिलेसम्म पचास हजारको सख्या पनिकट्दानकट्दै मन्त्रीले नै प्रधानमन्त्रीकै वाचा विपरीत हुनेगरी त्यसमाथि राजनीति गर्न थाले । स्थिति कस्तोसम्म देखियो भने सम्वन्धित नागरिक ल्याउन भनेर सम्वन्धित देश पुगेको सरकारी स्वामित्वको विमान रित्तै फर्काउने आदेश दिने र फर्काउने काम समेत हुन थाले ।
प्रधानमन्त्रीको नेतृत्वमाथि प्रश्न
यो एउटै सरकारको दुइवटा मन्त्रालयबीचको शक्ति परीक्षण थियो जसले कोरोना महामारीका विरद्ध चलिरहेको युद्धमा नायक कोहो भन्ने खोजी हुनथाल्यो र यस्तो युद्धका नायक मानिएका प्रधानमन्त्रीको नेतृत्वमाथि प्रश्न खडा भयो । संसारभरी कोरोना कहर सुरुभएर आफनो देश फर्कन चाहनेहरुको स्वाभाविक आवागमन बन्द भएको आधावर्ष वित्न लाग्दाको कुरा हो यो ।
उड्डयनमा प्रतिवन्ध नलागेको बेला अर्थात लकडाउनको घोषणाा नहुँदासम्म विदेशमा कतिपय कारणले संकट ग्रस्त यस्ता नेपालीहरु स्वाभाविक रुपमा आइरहेका थिए । लकडाउनले त्यस्तो गति रोकिदियो । त्यसबेला सरकारले जो जहाँ छन् ती त्यहीँ बसून भनी लिएको नीतिले नागरिकहरु आफनो देश पनि आउन नपाउने भए । आफ्ना नागरिक विदेशमा अलपत्रप परेका अवस्थाबाट युद्धस्तरमा उद्धार गर्नुपर्नेमा तिनलाई करिव तीनमहिनासम्म त्यसै छाडियो । तीन महिनापछि उद्धार थालियो त्यो पनि हात्तिको मुखमा जीराजस्तो नाममात्रको ।
यतिबेलासम्म नेपालमा रहेका विदेशीहरु भने सम्वन्धित देशले सबै फिर्ता लगिसेका थिए । तिनलाई त्यसरी उनका देश पुर्याउने काम सरकारी स्वामित्वको विमानसेवाले नै गरिरहेको थियो । त्यसबेला जुनदेशमा सरकारी बायुसेवा पुगेको थियो कम्तिमा त्यसदेशबाट त नेपाली ल्याइदेउ भनिँदा पनि मानिएन । नेपालबाट विदेशी लिएर जाइन्थ्यो र उताबाट रित्तै आइन्थ्यो ।
नागरिकहरुलाई आफनो घर फर्कन समेत प्रतिवन्ध लगाइएको यो अवस्थाको देशविदेश सबैतिरबाट चर्को विरोध भयो । अदालतमा मुद्धा परे । संसारभरी मै नेपाल आफना नागरिक प्रति हदैसम्मको उदासिनता अपनाउने देश भनी परिचित हुन थाल्यो । छिमेकी देश भुटानले नेपालमा रहेका एकजना नागरिकलाई देश फर्काउन नेपालको विमानस्थलमा जेटविमान नै अवतरण गराइदिएको घटना नेपाली जनताका लागि मिथकजस्तै बन्यो ।
अभियानको नायक को ?
यी सबै भेरहेका बेला प्रधानमन्त्रीले लकडाउनको तेस्रो महिना देशबासीका नाममा सम्वोधन गरेर विदेशमा संकपूर्ण अवस्थामा रहेका नेपालीहरुलाई यथाशिघ चाडै स्वदेश फर्काउने घोषणा गरे । पछिल्लाे समय प्रधानमन्त्रीकाे त्यो घोषणाको समेत विपरीत हुनेगरी काम भयो सीसीएम्सीका नाममा । विदेशमा रहेका त्यस्ता पीडितको उद्धार गर्न भनी गएको विमान सम्वन्धित देशको विमानस्थलमा अवतरित भैसेकपछिको अवस्थामा त्यो विमानलाई रित्तै नेपाल फर्काउन आदेश दिइनु र फर्काउनु त्यसको उदाहरण हो । यस्तो सुन्दा नै अचम्म लाग्ने काम हुँदा पनि प्रधानमन्त्रीले सुइको समेत पाएको जस्तो देखिएन जसले कोरोना विरुद्धको यो युद्धमा कसले नायकत्व गरिरहेको छ भन्ने प्रश्न खडा गरायो ।
मन्त्रिपरिषद भन्दा ठूलो समिति !
प्रधाानमन्त्रीले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई प्राथमिकताका साथ उद्धार गर्ने भनेका थिए गएको जेठ १२ मा । भदौ लाग्दा नलाग्दै त्यस्ता नागरिकलाई क्वारेण्टिनमा राख्ने ठाउ नभएको भन्दै उद्धारका लागि सम्वन्धित देशको विमानस्थलमा पुगेको र अवतरणसमेत भएको विमान रित्तै पर्काएर यो अभियाननै अनिश्चित कालसम्माका लागि रोकियो मन्त्रीस्तरको समितिको निर्णयबाट ।
यो ठाउँमा ध्यान दिनुपर्ने कुरा के छ भने यस्तो उद्धार गर्ने भन्ने निर्णय मन्त्रिपरिषदले गरेको हो । तर त्यसको खारेजी मन्त्रीस्तरीय समितिबाट भयो । मन्त्रिपरिषदको निर्णयको रक्षा गर्ने काम प्रधानमन्त्रीको हो । तर यो ठाउँमा प्रधानमन्त्री केही बोलेनन् मात्रै होइन यो प्रकरणमा कतैपनि उनको उपस्थितिनै देखिएन । मानौं प्रधानमन्त्रीले मन्त्रीको समितिले मन्त्रिपरिषदको निर्णय उल्टाएको अवस्थामा त्यो निर्णय वदर गर्नु बाहेक उनले अरु केही गन सकेको देखिएन ।
विक्न छाडेका बोली
प्रधानमन्त्रीले आफैले घोषणा गरे विपरीत काम हुँदा र त्यसबारे उनी बेखवर रहँदा उनलाई त्यस्तो नायक भन्न मिलेन । दोस्रो पदाधारी उपप्रधानमन्त्री सीसीएमसीका संयोजक हुन् । उनले आफ्नो त्योपदबाट देश र दुनियालाई कस्तो संकट दिइरहेका छन् भन्ने एकपछि अर्को गर्दै घटना सार्वजनि भैरहेकाछन् । यी घटना प्रधानमन्त्रीका घोषणा विरुद्ध हुदा पनि त्यसबारे प्रधानमन्त्रीले कुनै चासो देखाएको पाइएन जसले आम नागरिकलाई हुनसम्मको कष्ट दिइरहेकोछ भने संक्रमणको विस्तारमा पनि कारक बनिरहेको अवस्था छ । तर प्रधानमन्त्री भने मौन छन् । यसैकारण कोरोना विरुद्धको यो महायुद्धमा देश नायक विहीन भएको मानिएको हुनुपर्छ ।
प्रधानमन्त्रीले भने कोरोनाको खरिदमा भ्रष्टाचार हुनुहुन्न् । यता सबै भन्दा बढी भ्रष्टाचार यही ठाउँमा भयो र त्यो भ्रष्टाचार गाउँगाउमा पुग्यो । सिंहदरवारमा ओम्नीले दश गुनाबढी महँगोमा ओषधी बेच्यो भने त्यसको सिको गरेर गाउँपालिकाका पदाधिकारीले (सिराहाका पालिकाहरु) एउटा सिरानीको खोललाई तीनहजारसम्म तिरे । एकमुष्ट रुपमा अर्वौको खर्च देखाइयो फाटवारी कतै आएन । त्यसका विरुद्ध अनसन बस्दापनि कुनै चासो देखिइएन अर्थात भ्रष्टाचार कर्ताहरु सम्मानजनक रुपमा पदमा नै रहिरहेका छन् । यता कोरोनाका नाममा भ्रष्टाचार भए नसहने भनी प्रधानमन्त्री वताइनै रहेका छन तर उनको बोली हावा भन्दा हलुका हुँदै गैरहेका छन् ।
प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीको छिटै र सम्मानपूर्वक उद्धार गर्ने भने । तर यता सबैभन्दाढीलो र सबै भन्दा अपमान जनक काम यही भयो र भैरहेको छ । गएको जेठ १२ मा प्रधानमन्त्रीले आफनो सम्वोधनमा विदेशमा रहेका नेपालीहरुको उद्धारका लागि जे भनेका थिए, युद्धस्तरम गर्नु पर्ने त्यो काम त्यसको तीन महिना सम्मपनि अधुरै रह्यो । भदौ १ गतेको एउटा काम हेरियो भने त झनै विचित्रको स्थिति देखिन्छ । प्रधानमन्त्रीको त्यो घोषणा र यता तत्सम्वन्धी कामको विरण हेरौं ।
प्रधानमन्त्रीको त्यो सम्वोधन
‘अहिले मुलुक बाहिर रहेका नेपालीहरूको घर फर्किने क्रम बढेको छ । ..“कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना” सहितको आदेश तत्काल जारी गरिने छ । विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरूलाई सरकारले समयमै उद्दार गर्छ । समस्याको प्राथमिकता र देशभित्रको तयारीकाबीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ । सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ, यसमा निश्चिन्त रहन म सबैमा आग्रह गर्दछु ।
विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरूप घर फर्किनेहरूको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो । तर छिमेकी मित्र राष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरू नियमको पालना र परीक्षणबिना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामासीमा पार गरिरहनु भएको छ । परीक्षणको अभावमा महामारी तीब्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ ।
हामी स्पष्ट हुनुपर्दछ, कोही पनि रहरले मात्र विदेशिएको हुँदैन । कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ। कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि हुँदैन। कसैको पनि बोली र व्यवहारबाट घर फर्किएकाहरूको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा सचेत रहन म सबै देशबासीहरूलाई आग्रह गर्दछु । घर फर्किएका सबै दिदीबहिनी दाजुभाइहरूलाई आफ्ना कारणले आफ्नो परिवार, छरछिमेक तथा समुदायमा महामारी नफैलियोस् भन्नेमा सतर्क रहन र चिकित्सक तथा प्रशासनको सल्लाहबमोजिमस्वास्थ्यसम्बन्धी अन्य नियमहरूको पालना गर्न अनुरोध गर्दछु ।अप्ठ्यारो बेलामा केही तत्वहरू जनतामा भ्रम फिँजाएर आफ्ना अलग स्वार्थ र उद्देश्यहरू पूरा गर्न सक्रिय हुन सक्दछन्। यसरीजनतालाई भ्रमित गर्दै समाजमा असन्तोष फैलाउन उद्दत गैरजिम्मेवार तत्वहरूको बहकावबाट सतर्क रहन समेत आह्वान गर्दछु । (०७७ जेठ १२ सम्वोधनको अश)
भदौं १ मा के भयो ?
जेठको अन्त्यतिरबाट थालिएको विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य अर्थात उद्धार उडानमा भदौ २ देखि लागु हुनेगी सरकारले रोक लगाइदियो । यही रोककाेकारण उद्धार गर्नुपर्ने ठाँउ दुबई पुगिसकेको निगमको जहाज उद्धार गर्नुपर्नेहरुलाई विमानस्थलमानै छाडेर रित्तै फर्कियो ।
कारण थियो नेपालको कोभिड–१९ महामारीको संक्रमण रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि गठन गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिले उद्धार उडान अनुमति रद्ध गरिदिनु । यसबाट नेपाल घर जान दुबई एयरपोर्टमा आइसकेका २ सय ६६ नेपाली घर फर्कन नपाएर अलपत्र परे ।
यसरी रित्तै फर्किएको यो विमान मन्त्रिपरिषदले निर्णय गरे अनुसारको उडान तालिकाबाट त्यसदिन दुबई गएको थियो । अर्थात उडान चाहिँ मन्त्रिपरिषदको निर्णयबाट भयो र उडान रद्ध चाहि समितिकोनिर्णयबाट !
यो एक दिन, एउटै प्रकृतिको काममा पनि र त्यही एउटा समितिले विलकूलै विपरीत हुनेगरी निर्णय गरेको देखियो जसले सरकार कसरी कोरोनाका नाममा मनपरी गरिरहेको छ भन्ने बुझाउँछ । आरोप जस्तो लाग्छ भने त्यसदिनको समाचारको एउटा अंश – ‘दुबईबाट नेपाल एयरलाइन्स रित्तै आयो इस्तानबुलबाट टर्किसले २०१ यात्रु ल्यायो । नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्स मंगलबार (२ भदौं) रित्तै फर्कियो । तर, मंगलबार नै सरकारले इस्तानबुल टर्किस एयरलाइन्सलाई भने २०१ यात्रु ल्याउन अनुमति दियो ।
राष्ट्रिय ध्वजाबाहक दुबई पुगेर २६० भन्दा बढी यात्रु ल्याउने योजनामा थियो । तर, सरकारले सोमबार साँझ मात्रै सबै उद्धार उडान स्थगित गर्ने निर्णय गरेपछि नेपाल एयरलाइन्स खाली फर्किएको थियो । जसले गर्दा एयरपोर्टमा पुगेका यात्रु अलपत्र थिए । तर, मंगलबार टर्किस एयरलाइन्सलाई भने यात्रु लिएर आउन सरकारले नै स्वीकृति दियो । यस्तो विरोधाषपूर्ण निर्णय किन भयो भन्दै मलेसिया र खाडीका श्रमिकले सामाजिक सञ्जालमा विरोध गरेका छन् । मंगलबारबाट सबै उद्धार उडान स्थगित हुने भनिएपनि टर्किस एयरलाइन्सलाई मात्रै छुट दिइनुले सरकारको मनलाग्दी निर्णय प्रष्टिने उनीहरुको भनाइ छ ।
सीसीएमसीले सोमबार (१ भदौं) परराष्ट्र र पर्यटन मन्त्रालयलाई पत्राचार गर्दै उद्धार उडान रोक्न भनेको थियो । विभिन्न स्थानीय तहरुले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढेको र होटल क्वारेन्टिनको व्यवस्था पनि भइनसकेको भन्दै उद्धार उडान रोक्न सीसीएमसीले भनेको थियो । सीसीएमसीको सोही आग्रहअनुसार विदेशबाट हुने सम्पूर्ण उद्धार उडान एक्कासी स्थगित गरिँदा विदेशमा कयौं नेपाली यात्रुहरु अलपत्र परेका छन् । निगमको जहाज रित्तो ल्याउन निर्देशन दिने सरकारले फेरि ४ भदौमा (बिहीबार) एक निजी वायुसेवा हिमालय एयरलाइन्सलाई यात्रु उडान र अवतरण गर्न दिएको थियो ।’
सरकारको काम केटाकेटी खेलेजस्तो
समितिले त्यसदिन जे भनेर वा जस्तो कारण देखाएर उद्धारका लागि चार्टर उडान रद्ध गर्ने काम गरेको थियो यता परिस्थिति चाहिँ त्यस्तो रहेन छ । गन्तव्यमा पुगिसकेको विमानालाई जेकारण देखाएर उडान रद्ध गरियो त्यसको भोलीपल्टै फेरी उडान कायम गरियो । त्यो पनि समाचारकै अंशमा हेरौं–
‘विहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले विदेशमा रहेका नेपालीहरुको नियमित उद्धार गर्ने निर्णय गरेको छ । पर्यटन मन्त्रालयले विदेशमा रहेका नेपालीहरूको उद्धारका लागि नियमित उद्धार गर्ने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लगेपछि विहिबार साँझ नै सो प्रस्ताव पारित भएको थियो । उपप्रधानमन्त्रीको नेतृत्वको समितिले उद्धार उडान अनुमति नदिँदा घर जान दुबई एयरपोर्टमा आइसकेका २ सय ६६ नेपाली घर फर्कन नपाएर अलपत्र परेका थिए । सो समितले उडान अनुमति नदिएपछि पर्यटनमन्त्री योगेश भट्टराई र रक्षामन्त्री पोखरेलबीच बुधबार प्रधानमन्त्रीकै सामुन्ने वादविवाद भएको थियो । पर्यटनमन्त्री भट्टराईले आउँदो सेप्टेम्बर १ देखि विदेशमा रहेका नेपालीका लागि नियमित उद्धार उडान गर्ने प्रस्ताव लगेका हुन् ।’
जुन विमानस्थलबाट मंगलबार जुन विमान रित्तै फर्काइयो त्यही विमानस्थलका लागि र तिनैव्यक्ति ल्याउन त्यही विमान फेरी आइतवार त्यही विमानस्थलमा गयो । उसले ल्याउने यात्रु उसैले २ भदौमा छाडेका तिनै २६० जना हुन् । सरकारपनि त्यही हो जसले ती यात्रुलाई त्यही छोडेर रित्तै फर्किन निर्देशन दियो र त्यसको भोलीपल्टै नेपाल वायुसेवा निगमको विमान ७ भदौमा त्यता पठाउने निर्णय गर्यो अर्थात उद्धार उडान नियमित भयो । मगलवार र आइतबारबीचका यी निर्णय त्यसकारण सरकारका कामकुराको अध्ययन गर्नेहरुले रेकर्डमा राख्नुपर्ने खालका मानियो ।
काम नपाएकोजस्तो काम
मंगलवार र आइतवारबीचमा यता अवस्था भने झनै डरलाग्दाे थिए । देशमा कोरोनासंग सम्वन्धित काम गर्ने उच्चस्तरीय सरकारी निकाय सीसीएमसीले सोमबार (१ भदौं) परराष्ट्र र पर्यटन मन्त्रालयलाई उद्धार उडान रोक्न निर्देशन दिदै वा पत्राचार गर्दै भनेको थियो – विभिन्न स्थानीय तहरुले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढेको र होटल क्वारेन्टिनको व्यवस्था पनि भइनसकेको’ ।’
यही निर्देशनको आधारमा विमान रित्तै फर्किएको थियो । त्यसको पर्शी पल्ट त्यस्तो उडान निरन्तर राख्ने भनी निर्णय गरिँदा सरकारले उपत्यकालाइनै निषेधित क्षेत्र घोषणा गरेको थियो । यसले नै बुझाउँछ अवस्था जस्ताको तस्तै थियो । निर्णय मात्रै उल्टोपाल्टो भयो । प्रधानमन्त्रीको ‘छिट्टै’ कस्तो ?
प्रधानमन्त्रीले आफनो जेठ १२ को सम्वोधनमा भनेका थिए – विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरूलाई सरकारले समयमै उद्दार गर्छ । समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ ।’
तर उनको यो ‘छिट्टै’ भदौको पहिलो हप्तासम्म पनि प्रकट भएन । प्रधानमन्त्रीले नै बनाएको कोरोनाको व्यवस्था गर्ने समितिले भदौ १ मा परराष्ट्र र पर्यटन मन्त्रालयलाई उद्धार उडान रोक्न निर्देशन दिदै गरेको पत्राचारमा गर्दै भनेको ‘होटल क्वारेन्टिनको व्यवस्था पनि भइनसकेको’ भन्ने कुराले त्यही बुझाउँछ । यो भनेको प्रधानमन्त्रीले बोलेको ६५ दिनपछिको कुरा हो । कोरोना महायुद्ध हो भने त्यसका नायकको भनाई यसरी लावारिशमा पर्न पाउछँन ? यसमा झनै चिन्ताको विषय केहो भने प्रधानमन्त्री यस्ता कुरामा बेखवर झै देखिए ।





















प्रतिक्रिया