समाजमा थरि थरिका मान्छेहरु भेटिन्छन् । कोहि दिनरात कसरी पैसा कमाउने, सम्पति कसरी कति थुपार्ने, पुस्तोपुस्तासम्म पुग्ने गरि लुटेर हुन्छ । ठगेर हुन्छ पैसा कमाउनु पर्छ भन्ने मान्यता व्यक्तिहरुको पनि कमि छैन् । तर कोहि व्यक्तिहरु समाज र राष्ट्रको हितका लागि कसरी सेवा गर्ने भन्ने परोपकारी भावना र मन भएका व्यक्तिहरु पनि दुर्लभ रुपमा भेटिन्छन् । त्यहि दुलर्भ व्यक्तिहरुमा पर्छन् विक्रम भडेल
मुलुकमा कोरोना संक्रमण बढेसँगै बन्दाबन्दीको अवस्था छ । काठमाडौं उपत्यका लगायत केहि ठाउँमा निषेधाज्ञा जारी छ । यस्तो कठिन परिस्थितीमा मान्छेहरुले आफ्ना दैनिकीहरु सहज रुपमा गर्न पाइरहेका छैनन् । त्यसैमा विरामीहरु त झनै अलपत्ररुपमा परेका भन्ने समाचार समेत आउने गरेका छन् । तर कोरोना संक्रमित र उनीहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई केहि अबुझ मान्छेहरुले हेला गरे पनि विक्रमले भने महिनौं देखि निशुल्क रुपमा खाना वितरण गर्दै आएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर दिन घर भएका ४२ वर्षीय विक्रम भडेलको दैनिकी बिहानै शिक्षण अस्पात महाराजगन्जमा रहेका बिरामीहरुको संख्या बुझेर १० बजेसम्म खाना तयार गरिसक्छन् । १० बजेर ११ मिनेट देखि ११ बजेर ३० मिनेट भित्र उनी विरामी लगयत स्वास्थ्कर्मीलाई खाना खुवाउने गर्छन् । त्यसपछि दिउँसोको खाजा २ बजेर ४५ देखि ३ बजेर ३० सम्म खुवाउने र साझको खाना तयार गर्दै साढे सात देखी ८ बजेसम्म खुवाउने गर्छन् ।

काठमाडौको हात्तिगौंडा घर भई माहाराजगन्जमा ३ टिचिङ्ग रोडमा उनका दिवंगत पीताले सञ्चालन गर्दै आएको औषधि व्यवसायलाई निरन्तरता दिदै लामो समय देखि मेडिकल चलाउँदै आएका भडेल सामाजिक सेवामा निक्कै रुचि राख्ने गर्छन् । उनी आपत विपदमा परेकालाई निशुल्क औषधि वितरण समेत गर्ने गर्छन् । उस्तै जोखिम परेका ठाउँमा आफै औषधि र डाक्टर लिएर सेवामा पुग्छन त कहिले सहयोग माग्न आउने गरिविको कारण उपचार गर्न नपाएकालाई निशुल्क उपचार गर्न सगाउछन् पनि ।

०७२ को भुकम्पपछि टिचिङ्ग हस्पिटल परिसरमै १५ दिनसम्म निशुल्क हेल्प डेस्क चलाएर सेवा गरेका भडेलले अहिले कोरोना संक्रमणको महामारमिा उपचारमा संलग्न डाक्टर नर्स र अरु सहयोगी स्टाफलाई निशुल्क स्वस्थकर खाना वितरण गरिरहेका छन् । उनी भन्छन, उपचारमा खटिएकाहरु लामो समय अस्पतालमै बसेर उपचारमा समय दिनुपर्ने र बिरामीहरु पनि संक्रमित भएकै कारण भर्ना भएर बस्दा लकडाउन लगायत आर्थिक अभाव देखि अनेकन समस्याको कारण आफन्त आउन असहज हुने कारण उहाँहरु जस्तोको निमित्त हामिले सहयोग गर्न पाउनु अहोभाग्य हो ।

यस्तो विश्व माहामारीको समयमा सक्दो सहयोग गर्नु नै मानवीय कर्म हुने भएकोले, कोरोना संक्रमणको समयमा आफु र आफ्नो सहयोगी साथीहरुको जोडबलमा सक्दो सहयोग गर्न इच्छा राख्दै अस्पताल प्रशासनसँग समन्वय गर्दै माहाराजगन्ज स्थित टिचिङ्ग हस्पिटलमा उपचार गराइरहेका कोरोना संक्रमीत बिरामी र उनिहरुको उपचारमा संलग्न सबैलाई गरि दैनिक बिहान खाना, दिउँसो खाजा र साझको खाना १९०जना देखि २०० जनालाई खुवाई रहेका छन् । यो संख्या घटबढ भैइरहने समेत उनले बताए । यो संख्या दैनिक निको भएर जाने पुराना बिमारी र नयाँ भर्ना हुने बिमारीको संख्यामा भर पर्छ, उनी भन्छन् ।
उनी थप्छन् जस्तोसुकै परिस्थितिमा पनि हामी हस्पिटलमा उपचारमा रहेने जत्ती पनि कोरोना संक्रमित विमारिको लागि खाना वितरण गर्न तमतयार छौ र त्यसरी नै हामिले स्टाफ समेत राखि आफ्नै किचेनमा व्यवस्थापन समेत गरेका छौ । उनी अझ हौसिदै मुसुक्क हास्दै भन्छन हामीलाई अस्पताल प्रशासनले पनि स्वीकृति दिई थप सहज बनाइदिएकोले अझ काम गर्ने हौसला बढेको छ
साेहि क्रममा भडेलकाे काम प्रति खुसी हुँदै नेपाली सेनाले शुक्रबार २० बोरा लङ्ग्रेन चामल २० बोरा, दाल २ बोरा, नुन १ बोरा, तेल २ कार्टुन, आलु २ बोरा, ज्वानो मेथि लगायतका खाद्य सामग्री सहयोग गरेको छ ।नेपाली सेनाको तर्फबाट आगामी समयमा पनि निरन्तर सहयोग गर्ने बताएको छ ।





















प्रतिक्रिया