Logo

अनलाइनपाना खोज

राजासँगको फोटो सेयर गर्दै रामचन्द्रले किन यसो भने ?



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले इतिहास सधैं जीवीत रहने बताउँदै पहिचानको नाममा इतिहास मेटाउने काम गर्न नहुने बताएका छन् । सामाजिक सञ्जाल फेशबु पेजमा स्वर्गीय राजा वीरेन्द्र शाह र पूर्व राजा ज्ञानेन्द्र शाहसँगको तस्विर सेयर गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्,‘इतिहास जिवित रहन्छ १ पृथ्वीनारायण शाहको होस् या लखन थापाको १ आफ्नै अलग पहिचान छ १ पहिचानको नाममा इतिहास मेटाउने काम गर्नु हुदैन ।”

समन्वय विभागको उपप्रमुखमा मनोनित गरेकोमा देउवालगायत नेताहरुप्रति धितालद्वारा कृतज्ञता व्यक्त

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता विष्णु धितालले आफूलाई पार्टीको शुभेच्छुक संस्था समन्वय विभागको उपप्रमुखमा मनोनित गरेकोमा सभापति शेरबहादुर देउवा लगायत वरिष्ठ नेताहरुमा कृतज्ञता व्यक्त गरेका छन् । आज विहान एक विज्ञप्ती निकाल्दै उनले सभापति देउवालगायत नेता गणहरुमा कृतज्ञता व्यक्त गरेका हुन् । उनले आफू आफ्नो जीवनको कलिलो उमेरदेखि नै नेविसंघमा क्रीयाशिल रहि निरंकुश पन्चायती व्यवस्था विरूध्द प्रजातन्त्रका लागि लडदै आएको पनि जानकारी गराएका छन् ।

उनले आफू नेपाली कांग्रेसको ११ र १२औं महाधिवेशनमा लमजुङ जिल्लाको क्षेत्र न।१ बाट क्षेत्रीय सभापतिका रूपमा लगातार दुई कार्यकाल निर्वाचित भई संगठनमा काम गरेको र पार्टीको १३औं महाधिवेशनमा ४ न। प्रदेशबाट केन्द्रीय सदस्यको रूपमा उम्मेदवार भई सम्मानजनक मत प्राप्त गरि पराजित भएको पनि स्पष्ट पारेका छन् ।

धितालले जारी गरेको विज्ञप्ती जस्ताको त्यस्तै

प्रेस विज्ञप्ति

नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागको उपप्रमुख पदमा मेरो मनोनयन गर्नु भएकोमा नेपाली कांग्रेसका सभापति तथा नेता गणहरूमा कृतज्ञता व्यक्त गर्दछु । आज केहि अनलाइन खवरमा प्रकाशित समाचारले मेरो गम्भीर ध्यानाकर्षण भएको छ । म आफ्नो जीवनको कलिलो उमेरदेखि नै नेविसंघमा क्रीयाशिल रहि निरंकुश पन्चायती व्यवस्था विरूध्द प्रजातन्त्रका लागि लडदै आएको छु।

०४५र०४६ को जनाआन्दोलनमा नेपाल ल क्याम्पसमा अध्ययनरत हुदा नेविसंघको कार्यकर्ताका हैसियतले जनअन्दोलनमा सक्रिय सहभागी भएको हु । ०५५ देखि ०५९ शालसम्म नेपाल तरूणदलको केन्द्रीय सदस्यको रूपमा माओवादी द्वन्द्वकाल र शाही सासनको विरूद्ध संघर्ष गरेको हु । नेपाली कांग्रेसको ११ र १२औं महाधिवेशनमा लमजुङ जिल्लाको क्षेत्र न।१ बाट क्षेत्रीय सभापतिका रूपमा लगातार दुई कार्यकाल निर्वाचित भई संगठनमा काम गरेको छु । म नेपाली कांग्रेसको १३औं महाधिवेशनमा ४ न। प्रदेशबाट केन्द्रीय सदस्यको रूपमा उम्मेदवार भई सम्मानजनक मत प्राप्त गरि पराजित भएको हु।

म बैंकिङ्ग व्य्वसाय पनि गर्दै आएको छु। एपेक्स बैंकको अध्यक्ष भएको बेलामा नेपाल राष्ट्र बैकको नीतीबमोजिम थप ३ बैक मर्जर भइ एन सी सी बैंक बनेपछि संचालकको रूपमा रहेको हुँ। त्यसैबेला नेपाली कांग्रेसको सरकार परिवर्तन भइ गठन भएको नेकपाको सर्वसत्तावादी सरकारले मेरा विरूध्द राजनीतिक आस्थाका आधारमा झुठ्ठा मुद्दा लगाई प्रहरी प्रशासन प्रयोग गरि ९अख्तियारलाई होइन ० दुरासय र राजनैतिक प्रतिशोध लिन म माथी ठूलो बिगो दाबी राखी मुद्दा चलाइएता पनि तत्कालै सम्मानीत अदालतबाट सामान्य धरौटीमा रिहा गरिएको हँु। कोरोनाको विषम परिस्थितिमा अदालती प्रक्रियाको बिलंबले गर्दा निर्णय हुन केहि ढिलाइ भए पनि म सम्मानित अदालतबाट न्याय पाउने कुरामा विश्वस्त छु । बर्तमान सरकारले राजनीतिक आस्थाका आधारमा प्रतिशोध लिई बिभिन्न मुद्दामा फसाईएका साथीहरूका बारेमा नेपाली कांग्रेसले पटक पटक बक्तब्य निकालि प्रतिरक्षा गरेको स्मरण गराउन चाहन्छु ।

आम संचार माध्यम जहिले पनि स्वतंत्र र सम्मानीत छ तर सीमीत अनलाइनको ’मिडीया ट्रायल’ बाट न्याय र सत्यको निरुपण हुन सक्दैन । देश भरिका आम जनता दाजुभाई दिदीबहिनीहरू र नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा मेरा बारेमा गरिएका दुस्प्रचारहरूबाट कुनै पनि भ्रममा नपर्न आग्रह गर्दछु ।

म पार्टीको संघर्षशील कार्यकर्ता हूँ । मेरा लागि पदमा रहनु वा नरहनु महत्वपूर्ण बिषय होईन । पदमा बस्दा दिईएको जिम्मेदारी इमान्दारीतापूर्वक निर्बाह गर्न र आबश्यक परेका खण्डमा कुनै पनि बेला त्याग गर्न म पछि नपर्ने कुराको नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा सबै दाजुभाइ दिदिबहिनीहरूमा स्पस्ट गर्न चाहन्छु ।

जय नेपाल !

प्रकाशित मिति : भाद्र २०, २०७७ शनिबार  १ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।