Logo

समाचार

स्ववियु निर्वाचनमा कांग्रेसले देखायो अनिच्छा



सरकारले त्रिभुवन विश्वविद्यायलअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने पहलमा कांग्रेस अनिच्छुक देखिएको छ । पछिल्ला समय कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध आन्दोलनमा रहेका कारण तयारी गर्न नसक्ने अवस्था देखिएपछि उसले यस्तो रणनीति अपनाएको हो ।

त्रिविको क्यालेण्डरअनुसार फागुन १४ मा नै स्ववियु निर्वाचन गराउने पक्षमा सरकार छ । आइतबार साँझ प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले स्ववियु निर्वाचनका लागि सरकारले राजनीतिक माहोल बनाउनु पर्नेमा जो दिए ।
अन्नपूर्णपोष्टबाट

प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार  ४ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।