Logo

प्रमुख समाचार

ओली प्रचण्डको जगमा उपेन्द्र यादवले यसरी खडा गरे आफ्नो बिरासत, मधाव नेपाललाई लाग्यो ठुलै झट्का



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डले लामो समयको प्रयास पश्चात खडा गरेको पार्टीको जगमा सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो बिरासत विस्तार गरे झै तदर्थ समिति गठन गरेका छन्।

सोलुखुम्बु नेकपा  का दर्जनौँ जिल्लास्तरका नेता तथा कार्यकर्ताहरु नेकपा छोडी फोरममा प्रवेश गरेपछि नयाँ तदर्थ समिति ने गठन भएको छ। नेपालमा प्रवेश गरेका छन् ।

सोलुखुम्बु नेकपाको विभिन्न जिम्मेवारी सम्हालि सकेका ती दर्जनौँ जिल्लास्तरका नेता तथा कार्यकर्ताहरु पार्टीप्रति चरम असन्तुष्टि व्यक्त गर्दै फोरममा प्रवेश गरेका हुन् । लिखित वक्तव्य जारी गर्दै नेकपाका जिल्ला कमिटी सदस्य डबलबहादुर कार्की सहित जिल्लाको लिखुपिके गाउँपालिकाका डेढ दर्जन बढी जिम्मेवार कार्यकर्ताले पार्टी परिवर्तन गरेपछि पार्टी अध्यक्ष तथा  ओली र अर्का अध्यक्ष प्रचण्ड छक्क समेत परेका छन्।

पार्टी प्रवेश गर्नेहरुमा जिल्ला कमिटी सदस्य डबलसिं कार्की, लिखुपिके गाउँपालिकाका पूर्व गाउँ कमिटी अध्यक्ष छोङ्बा शेर्पा, पूर्व वडा अध्यक्ष गेल्बुछिरी शेर्पा, पूर्व नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य कल्ज्याङ शेर्पा लगायत विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ता रहेको संघीय समाजबादी फोरमका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज लाक्पा शेर्पाले जानकारी दिए।

संघीय समाजवादी फोरम मात्रै अबको वैकल्पिक राजनीतिक पार्टी भएको र सबै जाति, वर्ग मिलेको समतामुलुक समाज निर्माण गर्न सकेको खण्डमा मात्रै नेपालको समृद्धी संभव रहेको भन्दै गाउँगाउँमा सिहंदरबार भनिएपनि गाउँमा सिंहहरुको मात्रै बिगबिगी बढेकाले संघीयतालाई संस्थागत गर्न समाजवादी फोरम मात्रै एक विकल्प रहेकोले लामो समय संघर्ष गरेको पार्टी परित्याग गरी नयाँ विचार, सिद्धान्तसहितको पार्टीमा प्रवेश गरेको नेता डबलबहादुर कार्कीले बताए ।

त्यस्तै साेही क्रममा गेल्बुछिरी शेर्पाको अध्यक्षतामा २१ सदस्यीय लिखुपिके गाउँ समिति समेत गठन भएको हो । गठित समितिले डबलबहादुर कार्कीलाई इन्चार्ज तोकेको जनाएको छ । समितिको उपाध्यक्षमा पेम्बा शेर्पा र कल्ज्याङ शेर्पा, सचिवमा धिरज बस्नेत, सहसचिबमा ल्हाक्पासोनाम शेर्पा र कोषाध्यक्षमा मनिता श्रेष्ठ रहेका छन् ।

यता नेकपा स्रोतका अनुसार फोरममा प्रवेश गर्ने अधिकांस नेता तथा कार्यकर्ता माधव नेपाल पक्षका रहेका छन। जस कारण उनलाई समस्या भएको छ। पार्टीले पछिल्लो समय जिल्ला स्तरका नेताहरुलाई खासै वस्ता नगरेपछि यस्तो आवस्ता आएको हो।

प्रकाशित मिति : माघ २०, २०७५ आईतबार  ४ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।