भेनेजुएलामा भएको राजनीतिक परिर्वतनमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रेस विज्ञप्ति जारी गरेपछि नेपाल र अमेरिकाबीचको सम्बन्ध बिग्रिएको चर्चा चलिरहेको छ।
साेही क्रममा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटानलाई भारतकै अंग ठान्ने गरेको खुलासा भएको छ। राष्ट्रपति ट्रम्पलाई भने नेपाल एक स्वतन्त्र देश भएको जानकारी नै नभएको समाचार प्रकाशित भएपछि यस्तो खुलासा भएको हो।
ट्रम्पले नेपाल र भुटानलाई भारतकै हिस्सा ठानेको अमेरिकी गुप्तचर अधिकारीले टाइम म्यागजिनलाई बताएपछि यसको सबै तिर चर्चा चुलिएको छ।
ट्रम्पका सल्लाहकारले दक्षीण एसियाको बारेमा नक्सा देखाउंदै ब्रिफिङ् गर्दा ट्रम्पले नेपाल र भुटान भारतकै भाग हुन कि ?भन्दै प्रश्न गरेको अमेरिकी गुप्तचर अधिकारीले टाइमसंग खुलासा गरेका हुन् । नेपाल एक स्वतन्त्र देश हो भन्ने थाहा पाएपछि ट्रम्पले भुटानको नक्सा हेर्दै यो भारतको अंग थियो की भनि प्रश्न गरेका थिए।
सन् २०१७ अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगको बैठक अघि अधिकारीहरुसंगको ब्रिफिङ्मा ट्रम्पले नेपाललाई निप्पल र भुटानलाई बुट्टोन भनि गलत उच्चारण गरेको पोलिटिको म्यागेजिनले जनाएको थियो । ट्रम्प गुप्चर निकायसंग असन्तुष्ट रहेको अमेरिकी संचारमाध्यमले जनाएका छन्। बुद्धिमतालाई हेरेर दंग पारको छ।





















प्रतिक्रिया