काठमाडौंबाट भारत लैजान लागिएको ३६० किलो चरेस सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आगु औषधको क्षेत्रमा काम गर्ने नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले उनीहरुलाई आईतबार नियन्त्रण गरेको हो ।
प्रहरीले उनीहरुलाई धादिङको गजुरीबाट नियन्त्रण गरेको हो । प्रहरीस्ले कजाँच गर्ने क्रममा उक्त चरेस फेला परेको हो । चेकजाँचका क्रममा एस आर ५५ एम ९४८४ नं को भारतीय कन्टेनरमा उनीहरुले लुकाएर लिदै गरेको पाईएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । प्रहरीका अनुसार चरेस बोरामा हालिएको अवस्थामा भेटिएको हो ।
भारतीय ट्रकलाई लागुऔषध नियन्त्रण ब्यूरोले चेकजाँच गरेको थियो । ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बम बनाइ ल्याइएको अवस्थामा बोरा जाँच गर्दा सो लागुऔषध चरेस बरामद गरएको हो ।
प्रहरीले चरेस कारोबारमा संलग्न भएको आरोपमा भारत मैनपुरी जिल्ला सुरवली थाना उत्तरप्रदेश निवासी गाडी चालक ६४ वर्षीय ओम प्रकाश र साहु भारत मोतिहारी जिल्ला तुमरीय टोल रक्सोलका ३४ वर्षीय गुलाफ खान रहेका छन् । प्रहरीले ट्रक सहचालक समेत पक्राउ गरेको भए पनि नाम खुलाएको छैन ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय गजुरीले हिरासतमा लिएको छ । सवारी साधन र लागुऔषध बरामद गरिएकाले लागुऔषध ओसारपसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । जिल्लामा प्रतिबन्धित लागुऔषध चरेस यति ठूलो मात्रामा बरामद गरिएको पहिलो पटक हो ।
प्रतिक्रिया