Logo

समाचार

अनैतिक बाटोमा प्रहरी, एसएसपी र एसपी सरुवामा चलखेल



नेपाल प्रहरीले शनिबार साँझ एसएसपीमा १४ जना र एसपीमा २६ जनालाई सरुवा गरेको छ । प्रहरीलाई पद बढुवाको क्रममा अनियमितता गरेको पाईएको छ । देशको सुरक्षा निकायलाई ध्यानमा राख्दै सरुवा गर्नुपर्ने ठाउँम्मा आफ्नो छवि हाबी गर्नका लागि सरुवा गरेको पाईन्छ ।

सरुवा गर्दा भएको अनियमितताको बारेमा असन्तुष्टि जनाउदै नेपाल प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन् । उनले पद बढुवाको क्रममा भएको अनियमितताको बारेमा आफु सन्तुष्ट नभएकबो भन्दै राजिनामा दिएका हुन् । शनिबार राती प्रहरी प्रधान कार्यालयले पद बढुवा गरेको थियो ।

एसपी उप्रेतिले संगठनलाई भ्रष्ट र अनैतिक बनाइएको आरोप लगाएकाम छन् । सिफारिसमा रोलक्रममा रहेकाहरुलाई छुटाएर कनिष्ठ र विवादित व्यक्तिलाई पारिएको भन्दै एसपी उप्रेतीले राजीनामा दिएको बताइएको छ ।

एसपी उप्रेती अपराध महाशाखाका प्रवक्ता थिए । उनले पदबाट राजीनामा दिदैँ आफूलाई संगठनले नै अयोग्य जस्तो गरेपछि पदमा बसिरहन नैतिकताले नदिएको बताएका छन् । संगठन काम गर्ने भन्दा चाप्लुसी र चाकडी गर्नेहरुको कब्जामा परेको उनको आरोप छ ।

२०५१ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका उनी १०८ व्याचका हुन् । तर, उनी भन्दा दुई व्याच कनिष्ठलाई बढुवाका लागि सिफारिस गरिएको छ । व्याच नम्बर ११० का टेकबहादुर तामाङ, दीपक थापा, भिमप्रसाद ढकाल लगायतलाई बढुवा गर्नका लागि केहि समय अघि नियमावली नै संसोधन गरिएको थियो ।

प्रकाशित मिति : माघ २७, २०७५ आईतबार  ७ : १३ बजे