Logo

राजनीति

एमाले- माओबादि विभेद सुरु: माओबादि उन्मादमा नचल्न प्रचण्डलाई खुला चेतावनी



नेपाल कम्युनिष्ट पार्टि नेकपामा फेरी एमाले माओबादि छुटिदै गएका छन् । प्रचण्डको भेनेजुएला विज्ञाप्ति प्रकरणबाट सुरु भएको आन्तरिक द्वन्द फेरी एमाले माओबादिमै गएर टुंगिने खतरा बढेको छ । केहि समय पहिले सम्म दुई अध्यक्षहरुबीच मात्र विवाद सुरु भभएको नेकपामा अहिले दोस्रो दर्जाका नेताहरुले समेत औला उठाउन सुरु गरेका छन् ।

अध्यक्ष प्रचण्डले फेरी देशमा द्वन्द सिर्जना हुने चेतावनी दिएपछि यसको प्रतिउत्तर दिदै उपप्रधानमन्त्री तथा नेकपाका नेता ईश्वर पोखरेल उनी विरुद्ध उत्रिएका छन् । उनले प्रचण्डलाई यसरी कसैलाई तर्साउनु गलत भएको टिप्पणि गरेका छन् । प्रचण्डले पष््रधाननमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपीशर्मा ओलीको कार्यशैलीको विरोध गर्दै फेरि माओवादी जन्मिन सक्ने धम्की दिएको भोलीपल्टै नेता पोखरेल प्रचण्डविरुद्ध उत्रिएका हुन् ।

उनले घुमारो भाषमा प्रचण्डलाई उन्मादमा नचल्न चेतावनी दिएका छन् । सनक र उन्मादमा चल्न चाहने र रमाउनेहरूलाई नेतृत्वमा ल्याएकै कारण समस्या भएको उनको भनाइ छ ।

समाजिक सञ्जालमा लामो स्टाटस लेख्दै नेता पोखरेलले पार्टी एकता गर्दा नै ध्यान नपुर्याएकाले अराजक तत्वहरु हावी भएको उल्लेख गरेका छन् । उनले कम्युनिष्टका नाममा भीड जम्मा गर्दैमा शक्ति हुन नसक्ने भन्दै पछिल्लो भिड पार्टीलाई विसर्जनतर्फ लाने खालको भएको टिप्पणी गरेका छन् ।

यस्तो छ ईश्वर पोखरेलको स्टाट्स

परिस्थिति र पार्टी एकताका सम्दर्भमा 
———————————

(१) परिस्थिति :

– अहिले सरकार मात्र परिवर्तन होइन, प्रणाली परिवर्तन भएको हो । यसको संवैधानिक र राजनीतिक घोषणा त भयो – तर त्यस अनुरूप कानून र संरचनाहरू परिवर्तन वा अद्यावधिक भैसकेका छैनन् । गरिदैछन्- हुँदैछन् । अहिलेको यो स्थितिले एउटा अन्तर्विरोध देखिदैछ । अभ्यास र आदत एकातिर ,अवस्था र आवश्यकता अर्कोतिर ।

– सरकार मात्र परिवर्तन होइन, शासन सत्ताको माथिल्लो तह परिवर्तन भएको हो । स्थानीय तहका सरकार, प्रदेश तहका सरकार र संघीय सरकारमा कम्युनिष्टहरूले लोकतान्त्रिक विधिद्वारा घोषित रूपमा दुई तिहाइ हैसियत प्राप्त गर्नुले यसलाई स्पष्ट पारेकोछ । तर यसलाई स्वीकार गर्न र पचाउन नसक्ने देशभित्र र बाहिर थुप्रै छन् । त्यस्ता धेरैको मन मुटु भत्भती पोलिरहेको छ । त्यस्ताहरूले अहिलेको विकसित स्थितिलाई पचाउन सकिरहेका छैनन् र हातमा पुल्ठो बोकेर झोस्न – डढेलो सल्काउन ज्यान फालेर लागेका छन् , पुल्ठो झोस्ने ठाउँहरू खोज्दैछन् । त्यस्तासित होशियार बन्नुपर्ने अहिलेको आवश्यकता हो । र, यो होशियारी नीतिमा, कार्यक्रममा, योजनामा र आचरणमा देखाउनु जरूरी छ । आमरूपमा आउने गरेका – उठ्ने गरेका प्रश्नहरू , जिज्ञासा , आशंका र आक्रोशलाई तिनै मार्फत जवाफ दिनु जरूरी छ । धेरै उत्कृष्ट लाग्ने राम्रा कुराहरू बोलेर भन्दा पनि एउटा सरदर राम्रो काम गर्दै अगाडि बढ्नु जरूरीछ ।

(२) दुइटा कम्युनिष्ट पार्टी विचको एकता – 

– यो एकता कम्युनिष्ट आन्दोलनका कार्यकर्ताहरूको चाहना, कम्युनिष्ट पार्टीप्रति आशा अपेक्षा गर्ने आम नेपाली जनताको चाहना र राष्ट्रको आवश्यकतामा आधारित छ । एकताका सन्दर्भमा यी मूलत: भावनात्मक पक्ष हुन् । एकतासित गाँसिएको सार पक्ष भनेको विचारको पक्ष , संगठनात्मक संरचनाको पक्ष र नेतृत्वको पक्ष हो । एकताको घोषणा गरिरहँदा यी विषयमा त्यति गहिराइका साथ छलफल हुन सकेन । अब सिंगो पार्टी पंक्तिले यी विषयलाई गंभीर महत्वका साथ लिदै छलफल वहस गर्दै एउटा निष्कर्षमा पुग्नुपर्ने जरूरी छ । एकताको घोषणा गरिरहँदा सकारात्मक र सार्थक वहस र छलफल गर्दै निष्कर्षमा पुग्नुपर्ने विषयमा यसलाई उल्लेख गरिएको छ । आफ्नै देशको कम्युनिष्ट आन्दोलनबाट विकसित भएको , अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट प्राप्त अनुभवहरूको निर्मम समीक्षाबाट निकालिएको निष्कर्ष बोकेको र दर्शन तथा सिद्धान्तले निर्देशित सुसंगत विचारको श्रृंखला बोकेको कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता हो । यस मामिलामा अलमलिएर वा यसमा ‘ग्रे एरिया ‘ राखेर कम्युनिष्ट पार्टी अगाडि बढ्न सक्तैन । 

– सुदृढ संगठनात्मक संरचनाका बलमा मात्र कम्युनिष्ट पार्टीले आफूलाई एउटा शक्तिका रूपमा स्थापित गर्न सक्छ । यो श्रृंखलाबद्ध कमिटी प्रणालीमा देखिनुपर्छ । कम्युनिष्टका नाममा भीड शक्ति हुनसक्तैन । विसर्जन्मुख भीड त झन् किमार्थ शक्ति हुनै – बन्नै सक्तैन । 

– कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचीत, स्थापित र स्विकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन – ल्याइनै हुँदैन । अझ , शनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्याउनै हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ । 
आज नेकपा ( एमाले) र माओवादी केन्द्र विच भएको ऐतिहासिक एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ले यही बाटो हिंड्नुपर्छ ।चुनौतीपूर्ण अभिभारा पुरा गर्ने ऐतिहासिक क्षणमा उभिएका कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले योग्यतापूर्वक यो काम गर्न सक्छन् कि सक्दैनन् – यसैमा नेपालको कम्युनिष्ट आन्दोलन र सिंगो मुलुकको भविष्य गाँसिएको छ । टुट्न मात्र होइन, जुट्न पनि जानेका छन् भनेर आफ्नो परिचय बनाएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले आगामी दिनमा यो ऐतिहासिक अभिभारालाई योग्यतापूर्वक पुरा गर्नेछन् ।

प्रकाशित मिति : माघ २७, २०७५ आईतबार  ७ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।