Logo

प्रमुख समाचार

महाधिवेशनमा सभापति बन्न तयार छुः गगन थापा



नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले महाधिवेशन पश्चात आफै सभापति बन्ने घोषणा गरेका छन् । नेता थापाले आईतबार गोरखामा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले महाधिवेशनमा आफु सभापति उठ्न तयार रहेको बताए ।

पार्टिका पाका नेताहरु केहि गगगर्न सक्ने अवस्थामा नरहेका कारण थापाले पार्टि सुधार गर्नका लागि युवाहरुको नेतृत्व आवश्यक भएको भन्दै यस्तो बताएका हुन् । सम्मेलनमा नेता थापाले पार्टी युवाहरूले हाँक्ने बेला आएको र युवाहरू सक्षम पनि भइसकेको बताए ।

यसका कारण पाका पुस्ताका नेताहरूले विश्राम गरी अब नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्छ। उहाँहरूको योगदानको सम्मान गर्दै युवाले नेतृत्व लिनुपर्छ,’ उनले भने, ‘कथाले मागे आगामी महाधिवेशनमा सभापति बन्न तयार छु।’ उनले कार्यकर्ताले जिम्मेवारी दिए आफू लिन तयार रहेको बताए। ‘पार्टीले के भन्छ, कार्यकर्ता के चाहन्छन् म उहाँहरूको चाहनाअनुसार नै अघि बढ्छु’ थापाले भने।

प्रकाशित मिति : २७ माघ २०७५, आईतवार ०७:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।