नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेस फ्रस्टेसनको सिकार भएको बताएका छनन् । न्युज क्लब नेपालको आयोजनामा हेटौँडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
नेपाल भन्छन्, काग्रेस आफै भ्रष्टहरुको पार्टि हो यसैले कांग्रेसले भ्रष्ट्राचार न्यूनिकरण, सामजिक कुरितिको विषयमा विरोध गर्नु राम्रो होईन । कांग्रेसले विना कारणको माग राख्दै आन्दोलन गर्नुको कुनै तुक नभएको उनको भनाई छ । आफ्नो नेताले भ्रष्ट्राचार गर्दा चुप बस्ने अनि अरुको सानो गल्ति खोज्दै हिडने प्रवृत्ति ठिक नभएको नेता नेपालले बताए ।
सरकारका केहि कमजोरी रहेको भन्दै त्यसलाई सुधार गरेर अघि बढनुपर्ने उनको सुझाव छ । नेता नेपालले सरकारको कमजोरीको विषयमा सचिवालयस्तरमा गम्भीर छलफल हुने पनि बताए । तीनै तहको सरकारले सुशासनमा जोड दिनुपर्ने भन्दै उनले भ्रष्ट्राचार नियन्त्रण तथा विकासको कामलाई प्राथमिकता दिनुपर्ने बताए ।
यस्तै नेकपा एकिकरणको विषयमा बोल्दै नेता नेपालले नेकपाले गोजीबाट निकालेको व्यक्तिलाई एकीकृत संगठनको अध्यक्ष नबनाउने स्पष्ट पारे्का छन् । नेकपाको एकता प्रक्रिया अन्ज्तिम चरणमा रहेकाले अबको केहि समयभित्र नेकपाको सबै तहमा एकीकरण भइसक्ने उल्लेख गरेका छन् ।
कार्यक्रममा बोल्दै नेपालले ‘संगठनको निर्माण ढिला हुँदा काममा समस्या भएको छ, सबै तहको संगठनलाई चुस्त दुरुस्त बनाउनु आजको आवश्यकता हो तर, संगठन निर्माणको नाउँमा गोजीबाट निकालेको व्यक्तिलाई नेतृत्व भने दिन सकिदैन’, नेता नेपालले भने ।
प्रतिक्रिया