Logo

राजनीति

ओलीले सोधे मलाई हटाउन खोजेको हो ?



यतिबेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपाका अर्का नेता पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धमका तिक्तता आएको टिप्पणि हुन थालेको । विगतमा एक अर्काको प्रतिपक्षि हुँदा एक अर्काको ब्यापक बिरोध गर्ने यि दुई अध्यक्षले पार्टि एकतापछि भने एक अर्काको विरोध गर्न छोडेका थिए ।

तर, प्रधानमन्त्री ओली डावोस गएका बेला अध्यक्ष प्रचण्डले ओलीलाई जानकारी नै नदिई भेनेजुएलाबारे निकालेको विज्ञाप्तिका कारण अहिले नेकपामा द्वन्द चर्किएको छ । यसले ओली र प्रचण्ड मात्र नभई सिंगो पार्टिमा नै हलचल मच्चाएको छ । प्रधानमन्त्री ओली आफु डावोसबाट फर्केलगत्तै आफु निकट नेताहरूसंग ओलीलाई पहिलो चरणमा पार्टी केन्द्रीय कमिटीमा आफ्नाविरुद्ध बहुमत जुटाउने र दोस्रो चरणमा संसदीय दलको नेताबाट हटाउने तयारी गरेको सूचना पाएका थिए ।

काठमाडौँमा दुई तीन दिनको झरीसँगै चिसो बढ्दै गर्दा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको द्वन्द्वले राजनीतिलाई तताइरहेको छ। अहिले नेकपाको आन्तरिक कलहले बजारमा व्यावपक चर्चा बटुलिरहेको छ ।

यो घटनना भेनेजुएला प्रकरणबाट सुरु भएकोजस्तो देखिए पनि खासमा यसको आन्तरिक कुराको बारेमा अहिले सम्म कसैले जान्ने ईंच्छा राखेको पाईदैन् । कारण देखाउदा भेनेजुएला देखाएर ओलीलाई बालुवाटारबाट हटाउने षडयन्त्र भईरहेको छ ।

राजनीतिक असमझदारी शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहालले भेटवार्ता गरी ‘एकताको सन्देश दिने’ सहमती गरिसक्दा पनि सेलाउने विश्वास नेता र कार्यकर्ता तहमा पलाएको छैन।

भेनेजुएला प्रकरणमा अध्यक्ष दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग छलफल नगरी दिएको वक्तव्यले तरंग ल्याएपनि नेकपाको सचिवालय बैठकले त्यो विषयमा ‘टोन डाउन’ गरिएको वक्तव्य दिएर समाधान भएको संकेत दिएको थियो।

तर प्रधानमन्त्री ओलीले अमेरिकी राजदूतलाई बालुवाटार बोलाएर ‘वक्तव्य दिने क्रममा प्रचण्ड चिप्लिएर केही शब्द बढी परेको’ स्पष्टीकरण दिएको बाहिरिएपछि दुई अध्यक्षबीचको असमझदारी झन् बढ्यो। र, दुई तिहाई बहुमतको सरकार बनेको एक वर्ष पुग्नै लाग्दा प्रचण्ड पहिलो पटक सरकारको कडा आलोचनामा उत्रिए।

पार्टी एकता प्रक्रियादेखि नै प्रचण्डको विपक्षमा खरो उभिँदै आएका सचिवालय सदस्य ईश्वर पोखरेलले शनिबार नेकपाभित्र ओली–प्रचण्डबीच देखिएको विवादको चुरो नेतृत्वको विषयमा रहेको प्रष्ट संकेत गरेका छन्।

प्रकाशित मिति : माघ २७, २०७५ आईतबार  ९ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।