Logo

प्रमुख समाचार

मन्त्री पण्डितलाई प्रवासीको प्रश्न : मन्त्रीज्यू तेल खाँने कस्तो साईकल हो ?



संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई प्रवासी नेपालीहरुले तेला खाने कस्तो साईकल हो तपाई ? भन्दै प्रश्न गरेका छन् । विदेशमका आफुहरुले दिएको रेमिट्यान्सलाई तपाईहरुले विभिन्न बाहानामा खर्च गर्ने गरको बताउदै उनीहरुले यस्तो प्रश्न गरेका हुन् ।
नेपालमा बढिरहेको भ्रष्टाचारलाई अन्त्य गर्न सबै सरकार, मन्त्री, राजनितीक दल तथा अगुवा ब्याक्तिहरु एक हुन प्रवासीहरुले माग गरेका छन् ।

यूएईको आवुधाविमा आयोजित एक कार्यक्रममा सहभागगी हुन त्यहाँ पुगेका मन्त्री पण्डितलाई एक नेपाली नागरिकले व्यङ्यमिश्रित प्रश्न गर्दै, ‘साइकलले पनि तेल खाँदो रहेछ, कस्तो साइकल हो मन्त्रीज्यू ?’ भनि प्रश्न गरेका थिए । उक्त जवाफको प्रतिउत्तरमा मन्त्री पण्डितले आफ्नो निजी सवारी साधनको रुपमा आफूसँग साइकल अहिले पनि भएको बताएका छन् ।

कार्यक्रममा मन्त्री पण्डितलाई प्रश्नको वर्षात भएको थियो । प्रवासीहरुले दुखले कमाएको एक थान लुगा लिन नपाउने एयरपोर्टमा तस्करको क्विन्टल सुन कसरी पास दिने ? कामदारको झिटीझाम्टोमा आँखा गाड्ने ? भन्दै प्रश्न गरेका थिए ।

मन्त्री पण्डितले मन्त्री हुञ्जेल सरकारले दिएको सुविधाअनुसार गाडी प्रयोग गर्ने र पदीय जिम्मेवारीबाट हटेपछि पहिलेजस्तै साइकल तथा सार्वजनिक यातायातका साधन प्रयोग गर्ने बताएका थिए । आफुविरुद्ध जस्ता विषय आए पनि देश प्रतिको दायित्व बहन गर्न आफू विचलित नहुने मन्त्री पण्डितले बताए ।

मागेर मात्रै देश समृद्ध नहुने र भागेर समस्या समाधान नहुने भन्दै विदेशमा सिकेको सीप नेपालमा प्रयोग गर्न आग्रह गरेका थिए । यस्तै मन्त्री पण्डितले नेपालका मिडियाहरुले आफू र सरकारलाई खुइल्याउन समाचार लेख्ने गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : माघ २७, २०७५ आईतबार  १० : १७ बजे