नेपालमा पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६ हजार ५५९ जनाको कोरोना परिक्षण गरिएको जनाएको छ । नेपालमा अहिलेसम्म १८ लाख ९० हजार ७४० नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, सोही अवधिमा ९५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै, सोही अवधिमा नेपालमा ५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मुत्यु हुनेको संख्या १८०३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ७ हजार ५१५ रहेको छ ।




















प्रतिक्रिया