Logo

मधेश प्रदेश

थप्पड काण्डः अख्तियारको छानविन, दबाबमा सरकार



अख्तियारले प्रदेश २ मा मन्त्रीले सचिवलाई हानेृपछि सुरु भइको थप्पड ‘थप्पड काण्ड’ले नयाँ मोड लिएको छ । यसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेपछि अलिहे सरकार नै दबाबमा परेको छ ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई थप्पड हानेका थिए । एक पटक निकै नै चर्चा कामएको यो काण्डले फेरी चर्चा पाईरहेको छ । यसबारेमा सरकारले छानविन गरिरहेकै बेला आयोगले छानविन शुरु गरेपछि प्रदेश २ को सरकारलाई दबाब सिर्जना भएको हो ।

अख्तियारले थप्पड कण्ड आर्थिक लेनदेनसँग सम्बन्धित भएकाले छानविन गर्न लागेको हो ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमकै कारण उक्त काण्ड भएको कुरा बाहिर आएपछि अख्तियार दुरुपयोग आयोग, बर्दिवासले पनि यसको छानविन शुरु गरेको हो ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत आफ्नो एनजीओलाई कार्यक्रम नपारेको भन्दै मन्त्री यादवले सचिव झासँग विवाद भएको कुरा बाहिर आएपछि आयोगमा यसबारे उजुरी परेको थियो । उजुरी परेपछि आयोगले छानविन शुरु गरेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले सञ्चालन गर्न संस्था छनोटका फाइलहरु झिकाएर आयोगले छानविन शुरु गरेको छ ।

आयोगले अनुसन्धान शुरु गरेपछि सरकारले छानविनका लागि गठन गरेको समिति पनि तातेको छ । आयोग कुनै निष्कर्षमा पुग्नुभन्दा पहिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरिरहेको बुझिएको छ ।

प्रदेश सरकारले गठन गरेको छानविन समितिमा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवसहित प्रदेश २ का मुख्य सचिव दीपक सुवेदी र कार्यालयका सचिव हरि फुयाल रहेका छन् ।

प्रकाशित मिति : माघ २८, २०७५ सोमबार  ५ : ५६ बजे