Logo

अर्थ

नेपाली कन्सलटेन्सीको कालो कर्तुत, शिक्षाको नाममा डलरको खेती



बैदेशिक शिक्षामा नेपाली विद्यार्थी पठाउने कन्सलटेन्सीहरुको गलत सुचनाका कारण १२ सय नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा अलपत्र परेका छन् । उनीहरु नेपालबाट उच्च शिक्षाा अध्यायन गर्नका लागि अष्ट्रेलिया पुगेका थिए ।

अष्ट्रेलिया पुगरेको झण्डै डेढ वर्षपछि उनीहरुले आफु ठगिएको थाहा पाए । यसपछि मिडियाामा आएसंगै उनीहरुको उद्धारका लागि नेपाल सरकारलाई पहल गर्न दबाब सुरु गरिएको छ । नेपाली विद्यार्थीहरुलाई बैदेशिक शिक्षाको मोह देखाएर कन्सलटेन्सीहरुले ठग्ने गरेका कारण ठुलो संख्यामा विदेशीयका नेपाली युवाहरु ठगिदै गएका छन् ।

केहि दिन पहिले मात्र नेपाली विद्यार्थीहरुले अस्ट्रेलियन सरकारले एआएबीटी कलेजमा पढ्नको लागि पठाएका उनीहरुलाई दर्ता नै नभएको कलेजमा गलत सुचना दिएर पठाएका हुन् ।

अष्ट्रेलियामा डिप्लोमा अफ नर्सिङ पढ्न त्यहाँ पुगेका विद्यार्थीहरू कलेज र एजेन्टको गलत रबैयाका कारण अन्यौलमा परेका हुन । सम्पत्ति कमाउनकै लागि जे सुकै पनि गर्न पछि नहट्ने कन्सलटेन्सीहरुले अपुत सम्पत्ति कमाएका छन् ।

सुरुवातमा एउटा सामान्य कोठबाट काम गर्ने कन्सलटेन्सीका मालिहरुले अहिले देशका विभिन्न ठुला शहरहरुमा शाखा विस्तार गरेर हरेक हप्ता विदेश भ्रमणमा जाने गरेका छन् । सरकारले कन्सलटेन्सीहरुको बारेमा सिरेस भएर नसोच्दा यस्ता समस्याहरु सिर्जनाा भएका हुन ।

यि हुन ठग कन्सलटेन्सी
एउटा सानो झोलामा शैक्षिक प्रमाणपत्र र भिसा बोकेर सुनौलो भविष्य कोर्न विदेशिएका हुन्छन् । आमाबुवाले नेपालमा एक छाक मकै र एक भोकै गरेर दुःख गरेर कमाएको पैसा बोकेर उनीहरु विदेशीन्छन् । तर, नेपालका ठग कन्सलेटेन्सीहरु भने ति गरिबकै रगत चुस्न कुनै कसर बाँकि नराखेर लागि पर्छन् ।

विद्यार्थीहरुले दिएको जानकारी अनुसार नेपालमा यस्ता सयौ कन्सलटेन्सीहरु रहेका छन् । यसरी अबैध रकम जोड्नेमा अष्ट्रेलियामा कालो सूचीमा परेको मर्सी एजुकेशन र काठमाडौं इन्फोसिस मुख्य रहेको छ ।

त्यसैगरी कंगारु एजुकेशन एण्ड फाउण्डेशन, वेभ प्रमिश सर्भिस, अल्फा बिटा, एडमार्क एजुकेशन, काठमाडौं इन्फोसिस, डल्फिन, एबीसी ग्लोबललगायतका कन्सल्टेन्सीहरुले नेपाली विद्यार्थीहरुलाई गलत सूचना दिएर ठगेका हुन् ।

यीमध्ये मर्सी–राम टंडन(इक्यान), कंगारु–महेशबाबु तिमिल्सिना (इक्यान), काठमाडौं इन्फोसिस–राजेन्द्र रिजाल(इक्यान), डल्फिन–प्रेम पाण्डे(आईरिन) नाम चलेका र बढि विज्ञापन गरी विद्यार्थीहरुलाई भ्रममा राख्ने कन्सलटेन्सीहरु हुन् ।

अष्ट्रेलियामा नर्सिङ पढाउने कलेजहरुले अष्ट्रेलियन नर्सिङ एण्ड मिड वाइफरी एक्रिटिडेसन काउन्सिल एनम्याकबाट सम्बन्धन लिनुपर्छ । सम्बन्धन नलिएका कलेजहरुले पढाएको नर्सिङ विषयको कुनै मान्यता हुदैन । तर, हजारौं डलर खर्चेर पनि कन्सलटेन्सीकै गतल परामर्शले पूरा पढ्न नपाएपछि विद्यार्थीहरु अलपत्र परेका हुन् ।

प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार  ९ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।