एनसेलले नेपाल सरकारलाई कर नतिरेरै पुँजी पलाएन गर्न लाागेको छ । पछिल्लो सयम सोहि कारणले चर्चामा रहेको एनसेलले सरकारलाई कर नतिर्ने मनसायका साथ यसरी पुँजी पलाएन गर्न लागेको हो ।
एनसेलले सरकारलाई लगभग ५३ अर्बबराबर कर तिर्न बाँकी रहेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकम्युनिकेसनको तुलनामा एनसेलले दिएको सुविधा २ सय प्रतिशतसम्म महंगो छ । महंगो सेवाप्रदाय र आर्थिक एवम् नीतिगत भ्रष्टाचार गरेकाले उक्त संस्थामाथि कारबाही गर्नुपर्छ भन्ने धेरै नै गुनासो र सुझावका आधारमा नेपाल कम्युनिस्ट पार्टी माओवादीको आह्वानमा गत जेठ २९ गतेको दिन एनसेलमाथि कारबाही भएपछि अहिले सर्वाधिक चर्चामा छ ।
एनसेलको सामान्य परिचय
२०५८ असार ७ गते यो कम्पनी दर्ता भएको थियो । यसको ८० प्रतिशत सेयर होल्ड गर्न सेन्ट किट्स एन्ड नेभिसमा रेनल्ड होल्डिङ स्थापना गरिएको थियो । ४ जुलाई २००१ मा नेभिस बिजनेस कर्पोरेसन अर्डिनेन्स जुन १९८४ मा एनभीसीओअन्तर्गत दर्ता भएको यो कम्पनीसँग प्रतिएक डलर मूल्यका एक लाख एक हजार कित्ता सेयर थियो । रेनल्ड होल्डिङ्सको १०० प्रतिशत सेयर टेलियासोनेरा नर्वे नेपालले होल्ड गथ्र्यो । त्यसको पनि १०० प्रतिशत सेयर नेदरल्यान्डको टेलियासोनेर एसिया होल्ड गथ्र्र्यो । त्यसको सेयर दुईवटा कम्पनीमा विभाजित थिए । पहिलो टेलियासोनेरा यूटीए कम्पनी र दोस्रो एसईए टेलिकम इन्भेस्टमेन्ट कम्पनी थियो । टेलियासोनेरा यूटीएसँग टेलियासोनेरा एसियाको ७५.५ तथा एसईए टेलिकम इन्भेस्टमेन्टसँग २४.५ प्रतिशत सेयर थियो । टेलियासोनेरा यूटीए टेलियासोनेराको शतप्रतिशत लगानी भएको कम्पनी हो भने एसईए टेलिकम इन्भेस्टमेन्ट कजाख कम्पनी भाइजर समूहको लगानी भएको कम्पनी हो । भाइजर समूहमार्फत एसईएमा निजी व्यक्तिको लगानी थियो ।
सेन्ट किट्स एन्ड नेभिसमा दर्ता भएको रेनल्ड होल्डिङ्ससँग एनसेलको सय रुपैयाँ दरका १० लाख कित्ता सेयरमध्ये आठ लाख कित्ता सेयर थियो । यो हिसाबमा एनसेलमा टेलियासोनेराको ६०. ४ तथा एसईए टेलिकमको १९. ६ प्रतिशत सेयर हुन्थ्यो । पुस ६ को विज्ञप्तिअनुसार मलेसियाको एक्जियटाले सोझै एनसेल किन्ने नभई बेलायतको एक्जियटा इन्भेस्टमेन्ट यूके लिमिटेडमार्फत टेलियासोनेरा एसिया होल्डिङ्ससँग एनसेलको ८० प्रतिशत स्वामित्व होल्ड गर्ने टेलियासोनेरा नेपाल नर्वेको सेयर खरिद गर्ने थियो । यसरी कारोबार गर्दा रेनल्ड होल्डिङ्सको स्वामित्व एक्जियटा यूकेमा सरेको छ । प्यारेन्ट कम्पनी किनेपछि एनसेल उसैको हुन्छ । तर यस्तो कारोबार नेपालमा भएन ।





















प्रतिक्रिया