Logo

राजनीति

कांग्रेस नेता सिंहको घरमा संस्थापन बिरोधी समूहको भेला, एकलौटी पार्टी चलाएको आरोप



नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा भन्दा भिन्न समूहमा रहेका नेताहरु गोप्य भेलामा जुटेका छन् । कांग्रेस नेताहरु बुधबार बिहानैदेखि कांग्रेस नेता प्रकाशमान सिंहको काठमाडौंको चाक्सीबारीस्थित घरमा भेला भएर छलफलमा व्यस्त छन् ।पार्टीभित्र गुट उपगुट र तीव्र विवाद बढ्न थालेपछि कांग्रेसका युवा नेताहरु भेलामा जुटेका हुन्।

देउवाले एकलौटीरुपमा पार्टी चलाएको आरोप लगाउँदै उनीहरु छुट्टै रणनीति बनाउन थालेका हुन्। मंगलबार पनि उनीहरु यही विषयमा छलफलमा व्यस्त रहे।पार्टीमा कसरी प्रस्तुत हुने भन्नेबार आन्तरिक रणनीति तयार पार्न र पार्टी सभापतिको एकलौटी कार्यशैलीको विरोध जनाउन भेला भएको उनीहरुले बताएका छन्।

छलफलमा रामचन्द्र पौडेल, कृष्णप्रसाल सिटौला, शशांक कोइराला, शेखर कोइराला, गगन थापा, चन्द्र भण्डारीलगायतका नेताहरु सहभागी छन्। मंगलबार पार्टीको केन्द्रिय समितिले बहुमतबाट पारित गरेको नयाँ विधानको केही बुँदाहरु सच्याउन कांग्रेसका ५६ जिल्ला सभापतिले माग गरे सगै सभापति देउवा भन्दा भिन्न समूहमा रहेका नेताहरुको भेला र सकृयतालाई कांग्रेस बृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार ०८:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।