Logo

राजनीति

सरकारले एक वर्षमा अपराध र भ्रष्ट्रचारमात्र बढायो हामी बस्न सकेनौ, समर्थन फिर्ता गर्यौ : राजेन्द्र महतो



राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले सरकारले एक वर्षको अवधिमा जनपक्षिय काम गर्नुको साँटो अपराध र भ्रष्टचार मात्र बढाएपछि आफुहरुले समर्थन फिर्ता लिएको जनाएका छन् । महतोले विहिबार विरानगर विमानस्थामा सञ्चारकर्मिसंग कुरा गर्दै यस्तो बताएका हुन् ।

महत्रोले समर्थन फिर्ता लिनुको अर्को कारण सरकारले पार्टिसंग सहमति गरे अनुसार काम नगरेका कारण समर्थन फिर्ता लिएको बताए । महताले सरकारले सहमति अनुसार काम नगर्दा फिर्ता लिएको बताए ।

कैलालीको टीकापुर घटनामा राजपाबाट निर्वाचित सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले दोषी ठहर गर्दै जन्मकैद फैसला सुनाएपछि राजपाले बुधवार साँझ सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

अध्यक्ष मण्डलका सदस्य सरदसिह भण्डारी, महेन्द्रराय यादबसहित विमानस्थलमा उत्रिएका महताले फैसलाको बिरोध गर्दै अधिकार प्राप्तिका लागि फेरि संघर्ष गर्ने बताए ।

मधेसी जनताको विरोधका बाबजुत संविधान जारी भएको बताउँदै उनले संघर्षका लागि सरकारको समर्थन फिर्ता लिएको बताए ।

मधेसी जनतालाई सरकारले अन्याय गरेको बताउँदै उनले रेशमलाल चौधरीलाई जन्मकैद फैसलाको बिरोध गर्ने बताए । राजनीतिक मुद्दामा रेशम चौधरीलाई जन्मकैद फैसला हुनु गलत भएको महतोको दावी छ ।

राजपा अध्यक्ष मण्डलका नेता सरदसिह भण्डारीले मधेशका मुद्दा सम्बोधन गर्न सरकारले चासो नदिएका कारण समर्थन फिर्ता लिएर संघर्षमा उत्रिने बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार ०७:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।