राष्ट्रिय जनता पार्टी नेपाल नेता एबम् सांसद रेशम चौधरीलाई जन्मकैद सुनाईएपछि राजपामा भुइृचालो गएको छ । सोहि बेला नै राजपाले समर्थन फिर्ता लिएपछि ओलीलााई टेन्सन भएको छ । यस विषयमा आफ्नो धारणा राख्दै आक्रोशित बनेका राजपा महासचिव मनिष सुमनले सरकारले आफुहरुलाई सडकमा बोलाएको बताएका छन् ।
आक्रोशित महासचिचव सुमनले अब सरकारलाई हामीहरुलाई थरथर नकमाञ्जेल अधिकार पाईने देखिएन । यसैले हामीले सरकारसंग
समर्थन फिर्ता लिएका हौ । सरकारमा रहेर आफ्ना मागठहरु राख्दा सरकारले सुनुवाई नगरेको भन्दै उनी अक्राशित बनेका थिए ।
यस्तै मनिस सुमनले सरकारसंगको नाता धेरै पहिल्यै नै टुटिसकेको जनाउदै भने झिनो आश बाँकी थियो त्यो पनि टुट्यो ।
उनले भने,‘मैले यो कुरा पटक पटक भन्दै आएको छु । यो सरकारसँग हाम्रो सम्बन्ध त्यति राम्रो थिएन । प्रधानमन्त्रीले हामीलाई संविधान संशोधन गर्छु भनेर पटक–पटक झुक्याउनुभयो । तर, संशोधन गर्नुभएन । राजपाले त्यही भएर हिजो सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।’



















प्रतिक्रिया