आज प्रधानमन्त्री केपी शर्मा ओली र स्वतन्त्र मधेसको वकालत गर्दै आएका सिके राउत राष्ट्रियसभागृहमा आमने–सामने हुँदैछन् । राउतले अखण्ड नेपाल स्वीकार गर्ने भएपछि प्रधानमन्त्रीले राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने कार्यक्रम रहेको छ ।
सरकारसँग भित्रभित्रै वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्विट गर्दै १ बजे राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री ओलीको विशेष महत्वको विषयमा सम्बोधन रहेको जानकारी दिएका छन् ।
उनले के कार्यक्रम हो भन्ने खुलाएका छैनन् । तर सो कार्यक्रमलाई प्रधानमन्त्री ओली र राउतले संयुक्त रूपमा सम्बोधन गर्ने तयारी गरिएको छ ।उनले भनेका छन्, ‘आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष महत्वको विषयमा सम्बोधन गर्दै हुनुहुन्छ । प्रत्यक्ष प्रसारण गर्न इच्छुक मिडियालाई स्वागत गर्दछौं ।
’त्यस सँगै प्रधानमन्त्रीले सम्बोधन गर्ने भएपछि राउत नेकपामा प्रवेश गर्ने हल्ला फैलिए पनि त्योसत्य नहुने स्रोतले बतायो । राउत विहीवार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।



















प्रतिक्रिया