Logo

अन्तर्राष्ट्रिय

मेक्सिकोको बारमा गोली चल्यो, १४ जनाको मृत्यु !



 मेक्सिकोको विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा एउटा रात्रि क्लबमा अज्ञात समूहले बन्दूक तथा ग्रिनेड आक्रमण गर्दा कम्तिमा छ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

त्यसैगरी मोन्टेरे शहरमा लागु औषध कारोबार गर्ने एक समूह र सेनाबीच झडपपछि गोली चल्दा सात जना शङ्कास्पद लागु औषध कारोबार र अन्य एक व्यक्तिको मृत्यु भएको यहाँको सुरक्षाकर्मीले पुष्टि गरेको छ ।

प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार  ५ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।