Logo

राजनीति

प्रधानमन्त्री ओली द्वारा मधेशको स्वागत अस्विकार



नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को मधेशमा भएको पहिलो आम सभाले अहिले ब्यापक चर्चा पाईरहेको छ । पहिलो चर्चा त सरकार र सिके राउतबीच भएको सम्झौताले पाएको थियो । त्यसमा पनि सिके राउत प्रवेश गरेको भोलीपल्टै नेकपाले मधेशमा पहिलो आमसभा ग¥यो ।
कार्यकर्ताहरुले माला लगाउदा सबैलाई समान रुपले माला लगाई दिए । तर, ओलीको हर्कत भने अर्कै देखियो । पार्टि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गला खाली राखे । उता पार्टिका दास्रो नम्बरको वरियतामा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तेस्रो नम्बरमा रहेको नेता वामदेव गौतमले भने आफ्ना गलामा फुलमाला लगाईरहेका थिए ।
यसलाई सामान्य हिसाबले बुझ्दा खासै अनौठो मान्नुपर्ने स्थान भने छैन् । शनिबार नेकपाको प्रदेश–२ कमिटीले आयोजना गरेको आमसभामा भाग लिन उनीहरु दिउँसोको समयमा त्यहाँ पुगेका थिए ।
एमाले–माओवादी केन्द्रबीच एकताअघि पार्टीका शीर्ष नेताहरु एउटै सवारी साधनमा यात्रा गर्दैनथे। त्यो परम्परा एमाले–माओवादी केन्द्रबीच एकता भएपछि तोडिएको छ।

नेकपा बनेपछि तोडिएको त्यो परम्परा नेता नेपालको गृहजिल्ला रौतहटमा आयोजित आमसभाका लागि शीर्ष नेताहरु जाने क्रममा थप विस्तार भयो। तीनै नेताहरुले एउटा हेलिकोप्टर प्रयोग गरे।

३ जेठ २०५० भएको दासढुङ्गा दुर्घटनामा तत्कालिन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएपछि एमालेका शीर्ष नेताहरु कतै जाँदा एउटै सवारी साधन प्रयोग गर्दैनथे।

दुर्घटना भइहाल्यो भने दासढुङ्गामा जस्तो शीर्ष नेताहरु एकै घानमा नपरुन् भनेर यस्तो सतर्कता अपनाइदै आएको छ । नेताहरु कुनै कार्यक्रममा जाँदा फरक फरक सवारी साधन प्रयोग गर्दै आएका थिए ।
ओली यो परम्पराबाट मुक्त हुन खोजेकाले प्रचण्ड र नेपालले फूलको माला लगाउँदा उनले नलगाएका हुन्छ ? वा अपेक्षाकृत बढी ‘मधेशमैत्री’ मानिएका प्रचण्ड र नेपाललाई बढी सम्मान गरेर ‘मधेश विरोधी’ का रुपमा प्रचारित ओलीलाई चाहिँ सयपत्रीको मालाले स्वागत नगरिएको हो?

मधेशलाई ओलीले अस्विकार गरेकै हुन त ?
नेकपाका तिर्न जना नेता क्रमश हेलिकप्टरबाट उत्रिँदा उनीहरु सबैलाई कार्यकर्ताहरुले सबैलाई समान रुपले सम्मान गरे । उनीहरुले सबैलाई खाँदा र माला लगाएर सम्मान गरेका थिए । ओलीले त्यो खाँदा आफ्नो काँधमा पर्ने वित्तिकै सिधै निकालेर राखे । नेताहरु माला लगाउदा आफ्नो कद उच्च भएको मानने चलन छ ।
यतिमात्र हैन्। एक दुई हप्ता पहिले पनि एउटा यस्ते काण्डले ब्यापक चर्चा पाएको थियो । नेताहरुको माला मोहले थुप्रै नेपाली जनताहरुलाई प्रश्न खडा गरेको थियो ।
ओलीले यसबारे बठ्याई गरेर आफ्नो माला निकालि दिए । उनले आफुमालाको नेता नभएको देखाउन खोजेका हुन । तर, यसले मधेशी कार्यकर्ताहरुमा नराम्रो असर समेत पारेको पाईन्छ । ओलीले मधेशको स्वागत स्विकार गरेनन् ।
उनले जनताको अगाडि आफुलाई उच्च स्थान दिलाउन मात्र नभई फूलको मालामा विभिन्न खालका किटाणु हुन सक्ने र कमजोर स्वास्थ्यस्थितिका ओलीलाई संक्रमण हुनसक्ने भयका कारण सत्रपत्रीको माला लगाउना साथ त्यसलाई घाँटीबाट निकाले। गम्छा चाहिँ अन्तिम अवस्थासम्म उनको गलामा झुण्डिरह्यो।

तर, प्रचण्ड र ओलीलाई त्यो समस्या नरहेकाले उनीहरुको गलामा चाहिँ गम्छाका साथ सयपत्रीको माला अन्तिम अवस्थासम्म रहिरह्यो।

प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार  ८ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।