नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टलाई सरकारबाट हटाउन भिषण युद्ध गर्ने जनाएका छन् । सभापति देउवाले भने सरकारले आफ्नो कार्यशैलीमा सुधार नल्याएमा कम्युनिस्ट विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
‘हामीले सात सालमा राणा फाल्न, २०४७ सालमा पञ्चायत फाल्न र २०६२/६३ मा राजतन्त्र फाल्न आन्दोलनको नेतृत्व गर्यौँ’, देउवाले भने ‘संसदीय व्यवस्था, प्रजातान्त्रिक अधिकारमा हस्तक्षेप र सुशासन तथा सुरक्षामा यस्तै ब्यवहार देखाउने हो भने फेरि एकपटक कम्प्युनिस्ट फाल्न आन्दोलन गर्नु नपरोस्।’
दुई तिहाई बहुमत भएपनि सरकारले एउटा पनि देखाउन लायक काम गर्न नसकेको देउवाले टिप्पणी गरे।‘देशमा हत्या, हिंसा र असुरक्षा बढेको छ’, देउवाले भने ‘अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गर्न खोजेको छ। वाइडबडी, सुनकाण्ड जस्ता ठूला भ्रष्टाचार छताछुल्ल भएको छ। हत्यारा र अपराधीको संरक्षण गर्ने सरकारसँग जनताले अपेक्षा गर्ने ठाउँ छैन।’



















प्रतिक्रिया