Logo

प्रमुख समाचार

जनमत संग्रह केका लागि र कसका लागि ? हामीलाई उत्तर चाहिन्छ : गगन थापा



नेपाली कांग्रेसका सांसद गगन थापाले स्वतन्त्र मधेस गठबन्धनसँग भएको सम्झौताबारे सदनमा छलफल गराउन माग गरेका छन् ।

प्रतिनीधिसभाको शुन्य समयमा बोल्दै थापाले सरकार र सिके राउतसँग भएको सहमतिका बारेमा सदनले जानकारी पाउनुपर्ने भन्दै मुलुकले जनमत संग्रह स्वीकार गरेको हो कि होइन भनि प्रश्न गरे ।

थापाले सहमतिको भाषामा अस्पष्टता रहेको र दुई पक्षले आ–आफ्नै तरिकाले व्याख्या गर्न थालेकाले सरकारले यसबारेमा संसदमा छलफलको व्यवस्था गराउन माग गरे । उनले भने ‘केका लागि जनमत संग्रह र कसका लागि जनमत संग्रह हामीलाई उत्तर चाहिन्छ ।

अत सहमतिको बारेमा सदनलाई जानकारी गराउन सरकारसँग माग गर्दै यस विषयमा सदनमा छलफल गराउने प्रबन्धका लागि जोडदार माग गर्दछु ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार १७:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।