नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री ओलीले राष्ट्रघाति सम्झौता गरेर देश र जनताको शिर निहुराउने काम गरेको आरोप अगाएका छन् ।
प्रधानमन्त्री ओलीले पृथकतावादी सिके राउतसंग राष्ट्रघाती सम्झौता गर्दा राष्ट्रघाति सम्झौता गगरेको आरोप छ । यसकारणले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राखे्का हुन ।
प्रधानमन्त्री ओलीको राष्ट्रघाती कदमले सिङगो मुलुकको शीर निहुराएको भण्डारीको भनाई रहेको छ । पछिल्ला घटनाक्रम हेर्दा अदालतमा सेटिङ मिलाए राउतलाई रिहाई गरिएको र सम्झौता गरिएको समेत भण्डारीको तर्क छ । सरकारसंग सम्झौता पत्रमा हस्ताक्षर गरेर जनकपुर पुगेका राउतले जुन हर्कत देखाएका छन् त्यो नेपाल र नेपाली जनतालाई स्वीकार्य नहुने समेत उनले बताए ।
‘राष्ट्रिय स्वाधिनताकाका विषयमा निर्णय गर्दा सरकारले प्रतिपक्ष ,अन्य राजनीतिक दल र बुद्धिजीविहरु संग गहन छलफल गर्नुपर्ने तर पृथकतावादी राउतसंग सम्झौता गर्दा यो विषयमा सरकार चुकेको छ’, भण्डारीको भनाई छ ।



















प्रतिक्रिया