Logo

राजनीति

मधेशलाई नयाँ राष्ट्र बनाउने अधिकार सिके र ओलीलाई कसले दियो ?



प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थीसंघका पुर्व केन्द्रिय सदस्य चन्द्र विकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश विखण्डनको बाटोमा लागेको भन्दै आक्रोश पोखेका छन् । प्रधानमन्त्री ओलीकै निगरानीमा सरकारको पक्षबाट गृहमन्त्री रामबहादुर थापा बादल र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतले हस्ताक्षर गर्दै गत शुक्रबार फागुन २४ गते ११ बुँदे सहमति गरेको थियो ।

यसको तिनदिन पश्चात अर्थात आईतबार सिके राउत मधेश पुगेपछि बुलेटप्रुफ सहित आफ्ना सुरक्षाकर्मिहरु खटाएर मधेश एसियाको अर्को राष्ट्र भएको भन्दै जुलुस गरिएको भन्दै उनले यस्तो बताएका हुन । साथै नविसंघ सदस्य विकले सरकारले बिखण्डकारीलाई उन्मुक्त गरेर आफुले मुलुकलाई समृद्धिको दिशामा अघि बढाएको भन्दै डम्फु पिट्न आवश्यक नभएको बताए ।

उनले भने हाम्राो प्रधानमन्त्रीले सक्ने भए उनलाई पुन गिरफ्ता गरेर कारवाहि गर्न सकुन हामी उहाँलाई सम्मान गर्छौ । होईने भने प्रधानमन्त्री खड्ग प्रसाद ओलीले आफुलाई राष्ट्रबादि भनेर खोक्नु गलत भएको टिप्पणि गरे ।

सदस्य विकले तपाईले अहिले नै यसबारे एक्सन नलिए कांग्रेस र नेविसंघ मिलेर संयुक्त आन्दोलन गर्ने ओलीलाई चेतावनी दिदै भने तपाईको सहमति फिर्ता गर्नुहोस् । उनले नेपालको कानुनलाई नै चुनौति दिदै सिके राउतका कार्यकर्ताहरुले नेपालको अखण्ड भूभाग रहेको मधेशलाई छुट्टै राष्ट्र भनी नाराबाजी गर्दै ब्यानर र झण्डा बोकेर हिँड्दासमेत तपाई लाचार देखिनु भएको छ ।

देशको सुरक्षाको जिम्मेवारी तपाईको हैन् ? भन्दै सदस्य विकले आोली जस्तो कलंक प्रधानमन्त्री अहिले सम्म कुनैपनि मुलुकले नपाएको आरोप लगाए । यस्तै विकले राष्ट्रवादीको नारा लगाएर देश खोक्रो पार्ने तपाई जस्तो प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार ०८:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।