Logo

समाचार

४० करोड नयाँ नोट छाप्न बेलायती कम्पनीलाई जिम्मा



नेपाल राष्ट्र बैंकले १०० दरका ४० करोड थान नयाँ नोट छाप्न र आपूर्ति गर्ने जिम्मा एक बेलायती कम्पनीलाई दिएको छ ।आइतबार जारी गरेको प्रेस विज्ञप्ती मार्फत यस बिषयमा जानकारी दिएको हो ।

बेलायतको डे ला रुफ इन्टरनेशनल कम्पनीसँग १०० दरका नयाँ नोट छाप्ने र आपूर्ति गर्ने सम्झौता भएको हो । बेलायती कम्पनीले ८० लाख ७२ हजार पाउण्डमा नोट छपाई र आपूर्तिको जिम्मा पाएको हो ।

प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार  १० : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।