साताको अन्तिम नेप्से ओरोलो लागेको छ । नेप्से आज छ दसमलव ८६ अंकले घटेर ११ सय ४० दसमलव ६० अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ५२ अंकले घटेर दुुई सय ४२ दसमलव ४७ अंकमा पुुगेको छ ।
एक सय ७१ कम्पनीहरुको चार हजार छ सय ४७ वटा कारोवारमा नौ लाख ७४ हजार सात सय २६ कित्ता सेयर खरिद बिक्री हुंंदा कारोवार रकम २७ करोड २४ लाख ९४ हजार पाँच सय ६५ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको कारोवार सुचक घटेकाछन भने चार वटा समुहको कारोवार सुचक बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक सात दसमलव १९ अंकले घटेर नौ सय ८५ दसमलव १३ अंकमा पुुगेको छ ।





















प्रतिक्रिया