Logo

खेलकुद

दिल्ली किङ्गस इलाभेन पन्जाबसंग १४ रनले पराजित



भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स पराजित भएको छ ।

सोमबार भएको खेलमा दिल्ली किङ्गस इलाभेन पन्जाबसंग १४ रनले पराजित भएको हो । बिन्द्रा स्टेडियममा घरेलु टोलि पन्जाबले दिएको १६७ रनको लक्ष्यसहित ब्याटिङ गरेको दिल्ली १९ ओभर २ बलमा अलआउट हुँदै १५२ रनमा समेटियो ।

दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३९ तथा कोलिन इन्ग्रामले ३८ रन बनाए । यस्तै शिखर धवनले ३० तथा कप्तान श्रेयस आयर २८ रनमा आउट भए ।

दिल्लीलाई सस्तैमा समेट्न पन्जाबका साम करणले ह्याट्रिकसहित ४ विकेट लिए । जारी सिजनको यो पहिलो ह्याट्रिक विकेट हो । सामले १७ औं ओभरको अन्तिम बल र १९ औं ओभरको सुरुवाती २ बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरे ।

सामले १७ औं ओभरको अन्तिम बलमा हर्सल पटेललाई सुन्य रनमा पेभेलियन फर्काएका थिए । त्यसपछि १९ औं ओभरको पहिलो बलमा कागीसो राबडा र दोस्रो बलमा सन्दीप लामिछानेलाई बोल्ड आउट गरे । दुवै खेलाडी सुन्य रनमा पेभेलियन फर्किए ।

यस्तै रविचन्द्र आश्विन र मोहमद सामीले २र२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

खराब सुरुवात गरेको पन्जाबका लागि डेभिड मिल्लरले ४३ तथा सर्फराज खानले ३९ रन बनाए । यस्तै मन्दिप सिंहले अविजित २९ , साम करणले २० रन जोड्दा लोकेश राहुलले १५ रन बनाए । दिल्लीका क्रिस मोरिसले २ तथा कागीसो राबडा र सन्दीपले २र२ विकेट लिए ।

पन्जाबविरुद्ध सन्दीपले उत्कृष्ट प्रर्दशन गर्दै उनले २ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर २ विकेट लिए ।

पन्जाबविरुद्ध सन्दीपले आफ्नो पहिलो र चौथो ओभरमा विकेट लिन सफल भएका थिए । सन्दीपले पहिलो ओभरमा साम करणलाई २० रनमा एल्बिडब्ल्यु आउट गरे । यस्तै सन्दीपले चौथो ओभरमा सर्फराज खानलाई ३९ रनमा आउट गरेका थिए ।

जितसंगै पन्जाबले ४ खेलबाट ६ अंक जोडेको छ । र, लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित दिल्ली ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलवार ००:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।