‘क’ वर्गको वाणिज्य बैंकहरुमा ब्याजदर सस्तो तथा अन्य विभिन्न सेवा सुविधाहरु उपर्यक्त भइरहेका बेला एउटा बैंकको भने हालत खराब देखिएको छ । बैंकको ब्याजदर आकासिदा क वर्ग मध्येकै मेगा बैंकमा कारोबार गर्नै मुश्किल पर्ने देखिएको हो ।
यतिबेला बैंकमा कर्जाका लागि जाने ग्राहकहरु बैंकको ब्याजदर आकासिएको थाहाँ पाएर रित्तै हात फर्कने गरेको गुनासो बढ्न थालेको छ । बैंककै कर्मचारीहरुले समेत ब्याजदर महंगो भएको र कर्जा मिलाइदिए वापत आफूस्लाई थोरै कमिशन समेत दिनु पर्ने भन्दै माग राख्न थाले पछि ग्राहकहरु रुष्ट बनेका छन् ।
अनलाइनपानको सम्पर्कमा आएका एक व्यक्तिले मेगा बैंकका कर्मचारीहरुले कर्जा मिलाइदिए वापत कमिशन समेत माग्ने गरेको बताएका छन् । मेगा बैंकको शेयर होल्डरसमेत भएका ति व्यक्तिले आफूसँग कर्जा लिन जादा महंगो कमिशन लिएको र ब्याजदर समेत आकाशिएको पाए पछि रित्तो हात फर्कनु परेको बताएका छन् ।
‘आफू शेयर होल्डरसमेत भएकाले म त मेगा बैंकमै गए, त बेक्कार गए जस्तै भयो’ समाचारमा नाम चाहिँ नलेदिनु पर्ने शर्तमा ति व्यक्तिले भने, ‘मैले लिन खोजेको कर्जाको ब्याज १४ प्रतिशत भनियो तर कमिशनसमेत हिसाब गरे १८ प्रतिशत पुग्ने पो रहेछ, वाणिज्य बैंकमै १८ प्रतिशत ब्याजदर भए पछि कसरी कारोबार गर्न सकिन्छ ?’
ति व्यक्ति एउटा प्रतिनिधिपात्र मात्रै हुन् । मेगा बैंकको ब्याजदरबाट पीडित बनेका अन्य धेरै अनलाइनपानाको सम्पर्कमा आएका छन् । हामीले गरेको अध्ययनले पनि मेगा बैंकको ब्याजदर महंगो भएको पुष्टि भएको छ । बैंकको ब्याजदर तय गर्ने एउटा प्रमुख इण्डिकेटर भनेको आधार दर (बेसरेट) हो । मेगा बैंकको बेस रेट नै उच्च हुँदा कर्जाको ब्याजदर अत्यधिक भएको छ । जसका कारण कारोबार गर्न नै मुश्किल पर्ने देखिएको छ ।
मेगा बैंकको पछिल्लो वित्तीय विवरण अनुसार बेस रेट ११ प्रतिशतको हाराहारीमा छ । यस अनुसार मेगाले २ प्रतिशत प्रिमियम जोड्दा १३ प्रतिशतसम्म कर्जा कानूनत नै लिन पाउछ । तर त्यो १३ प्रतिशत नै महंगो हो । जबकी केहि वाणिज्इ बैंकको ६ प्रतिशतमात्रै पनि बेस रेट रहेको छ । अन्य बैंक भन्दा दोब्बर महंगो भएका कारण मेगा बैंकमा विकर्षण देखिनु सामान्य देखिएको छ ।





















प्रतिक्रिया